< प्रकाश 15 >
1 तब मैले अर्को अचम्म र शक्तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पुरा भएको थियो ।
And I saw another sign in heaven, great and marvelous, seven angels having the seven last plagues; for in them is filled up the wrath of God.
2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
And I saw as it were a sea of glass mingled with fire: and them that had gained the victory over the beast, [and] over his image, and over his mark, [and] over the number of his name, stand on the sea of glass, having the harps of God.
3 तिनीहरूले परमेश्वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र आश्चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
And they sing the song of Moses the servant of God, and the song of the Lamb, saying, Great and marvelous [are] thy works, Lord God Almighty; just and true [are] thy ways, thou King of saints.
4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
Who shall not fear thee, O Lord, and glorify thy name? for [thou] only [art] holy: for all nations shall come and worship before thee; for thy judgments are made manifest.
5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो ।
And after that I looked, and behold, the temple of the tabernacle of the testimony in heaven was opened:
6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
And the seven angels came out of the temple, having the seven plagues, clothed in pure and white linen, and having their breasts girded with golden girdles.
7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए । (aiōn )
And one of the four living beings gave to the seven angels seven golden vials full of the wrath of God, who liveth for ever and ever. (aiōn )
8 परमेश्वरको महिमा र उहाँको शक्तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्जेलसम्म कोही पनि त्यसभित्र पस्न सकेन ।
And the temple was filled with smoke from the glory of God, and from his power; and no man was able to enter into the temple, till the seven plagues of the seven angels were fulfilled.