< प्रकाश 14 >
1 मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
I widziałem, a oto Baranek stał na górze Syońskiej, a z nim sto czterdzieści i cztery tysiące, mających imię Ojca jego napisane na czołach swoich.
2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
I słyszałem głos z nieba, jako głos wielu wód, i jako głos gromu wielkiego; i słyszałem głos cytrystów grających na cytrach swoich.
3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो ।
A śpiewali, jakoby nową pieśń, przed stolicą i przed onem czworgiem zwierząt, i przed starcami, a żaden się nie mógł onej pieśni nauczyć, oprócz onych stu czterdziestu i czterech tysięcy, którzy są z ziemi kupieni.
4 यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
Cić są, którzy się z niewiastami nie pokalali; bo pannami są. Ci są, którzy naśladują Baranka, gdziekolwiek idzie. Ci kupieni są z ludzi, aby byli pierwiastkami Bogu i Barankowi.
5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
A w ustach ich nie znalazła się zdrada; albowiem są bez zmazy przed stolicą Bożą.
6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो । (aiōnios )
I widziałem drugiego Anioła, lecącego przez pośrodek nieba, mającego Ewangieliję wieczną, aby ją zwiastował mieszkającym na ziemi i wszelkiemu narodowi, i pokoleniu, i językowi, i ludowi, (aiōnios )
7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
Mówiącego głosem wielkim: Bójcie się Boga i chwałę mu dajcie, gdyż przyszła godzina sądu jego, a kłaniajcie się temu, który uczynił niebo i ziemię, i morze, i źródła wód.
8 अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
A za nim szedł drugi Anioł, mówiąc: Upadł Babilon, ono miasto wielkie! bo winem gniewu wszeteczeństwa swego napoił wszystkie narody.
9 अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
A trzeci Anioł szedł za nimi, mówiąc głosem wielkim: Jeźli się kto pokłoni bestyi i obrazowi jej, i jeźli weźmie piętno na czoło swoje albo na rękę swoję,
10 उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
I ten pić będzie z wina gniewu Bożego, z wina szczerego i nalanego w kielich gniewu jego i będzie męczony w ogniu i siarce przed oblicznością Aniołów świętych i przed oblicznością Baranka.
11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् । (aiōn )
A dym męki ich występuje na wieki wieków, i nie mają odpoczynku we dnie i w nocy, którzy się kłaniają bestyi i obrazowi jej, i jeźli kto bierze piętno imienia jej. (aiōn )
12 पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्वास राख्छन् ।”
Tuć jest cierpliwość świętych, tuć są ci, którzy chowają przykazania Boże i wiarę Jezusową.
13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
I usłyszałem głos z nieba, mówiący do mnie: Napisz: Błogosławieni są odtąd umarli, którzy w Panu umierają. Zaprawdę mówi Duch im, aby odpoczywali od prac swoich, a uczynki ich idą za nimi.
14 मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
I widziałem, a oto obłok biały; a na onym obłoku siedział podobny Synowi człowieczemu, który miał na głowie swojej koronę złotą, a w ręce swojej sierp ostry.
15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।”
A drugi Anioł wyszedł z kościoła, wołając głosem wielkim na tego, który siedział na obłoku: Zapuść sierp twój, a żnij, gdyż tobie przyszła godzina, abyś żął, ponieważ się dostało żniwo ziemi.
16 तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो ।
I zapuścił ten, który siedział na obłoku, sierp swój na ziemię i pożęta jest ziemia.
17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
A drugi Anioł wyszedł z kościoła onego, który jest w niebie, mając i ten sierp ostry.
18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
Potem wyszedł drugi Anioł z ołtarza, który miał moc nad ogniem i zawołał głosem wielkim na tego, który miał sierp ostry, mówiąc: Zapuść ten sierp twój ostry, a zbieraj grona winnicy ziemi; bo dojrzałe są jagody jej.
19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए ।
Zapuścił tedy Anioł sierp swój ostry na ziemię i zebrał grona winnicy ziemi, i wrzucił je w prasę wielką gniewu Bożego.
20 सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।
I tłoczona jest prasa przed miastem, i wyszła krew z prasy aż do wędzideł końskich przez tysiąc i sześćset stajan.