< प्रकाश 13 >
1 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो । त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए ।
І став я на піску морському, і бачив зьвіра, що виходив з моря, в котрого сїм голов і десять рогів; а на рогах його десять корон, а на головах його імена богохульні.
2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।
А зьвір, котрого я бачив, був подібний до рися, а ноги його як у ведмедя, а рот його як рот у лева. І дав йому змій силу свою, і престол свій, і велику власть.
3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।
І бачив я одну з голов його, наче на смерть вбиту, і смертня рана її вилїчена, і дивувала ся ціла земля, (ідучи) в слїд за зьвіром.
4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
І поклонились змієві, що дав власть зьвірові; і поклонились зьвірові, говорячи: хто подібний зьвірові? хто може воювати з ним?
5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
І дано йому уста, говорити велике й хулу; й дана йому власть провадити війну сорок і два місяцї.
6 त्यसैले, परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
І відчинив він уста свої на хулу проти Бога, щоб хулити імя Його, і оселю Його і тих, що домують в небі.
7 विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो ।
І дано йому провадити війну з сьвятими, і побідити їх; і дана йому власть над всяким родом, і язиком, і народом.
8 पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
І поклонять ся йому всї, що домують на землї, котрих імена не написані в книзї життя Агнця, заколеного від основання сьвіта.
9 कसैको कान छ भने, त्यसले सुनोस् ।
Коли хто має ухо, нехай слухає.
10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
Коли хто веде в полон, то пійде (сам) в полон; коли хто мечем вбиває, то мусить сам бути вбитий мечем. Осьде терпиливість і віра сьвятих.
11 तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।
І бачив я иншого зьвіра, що виходив із землї, а мав він два роги, подобні як у ягняти, а говорив як змій.
12 त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्तिको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
І всією властю первого зьвіра орудує він перед ним; і наставляє землю і домуючих на нїй, щоб покланялись первому зьвірові, в котрого сцїлена смертна рана його.
13 त्यसले शक्तिशाली आश्चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्यो ।
І робить великі ознаки, так що вогонь зводить з неба на землю перед людьми.
14 शक्तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।
І підманює домуючих на землї через ознаки, що дано йому робити їх перед зьвіром, говорячи домуючим на землї, щоб робили образ зьвіра, що має рану від меча, і ожив.
15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।
І дано йому вложити духа образові зьвіра, нехай би також говорив образ зьвіра, і робив, щоб, хто не поклонить ся перед образом зьвіра, був убитий.
16 अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
І зробить він, щоб усїм малим, і великим, і багатим, і вбогим, і вольним, і невольним дано пятно на правій руцї їх, або на чолї їх.
17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ ।
І щоб нїхто не міг куповати або продавати, як тільки, хто має пятно або імя зьвіра, або число імени його.
18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
Ось де премудрость. Хто має розум, нехай вилїчить число зьвіра; се бо число чоловіче; і число його шістьсот шістьдесять і шість.