< प्रकाश 13 >

1 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो । त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए ।
Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδονf ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας.
2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।
Καὶ τὸ θηρίον, ὃ εἶδον, ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.
3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्‍थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।
Καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡσεὶ ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου·
4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, Τίς ὅμοιος τῷ θηρίῳ; Τίς δυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ;
5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
6 त्यसैले, परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
7 विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।
Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος.
8 पृथ्वीमा बस्‍ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὔτε γέγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
9 कसैको कान छ भने, त्यसले सुनोस् ।
Εἴ τις ἔχει οὖς, ἀκουσάτω.
10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्‍वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ, δεῖ αὐτὸν ἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.
11 तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।
Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων.
12 त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
13 त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो ।
Καὶ ποιεῖ σημεῖα μεγάλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.
14 शक्‍तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्‍यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।
Καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ εἶχε πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.
15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।
Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνήσωσι τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσι.
16 अनि त्यसले शक्‍तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्‍त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσωσιν αὐτοῖς χαράγματα ἐπὶ χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τὸ μέτωπον αὐτῶν,
17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्‍न वा बेच्‍न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ ।
καὶ ἵνα μή τις δύναται ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ.
18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्‍टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
Ὧδε ἡ σοφία ἐστίν. Ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου· ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν. Ὁ ἀριθμὸς αὐτοῦ ἑξακόσια ἑξήκοντα ἕξ.

< प्रकाश 13 >