< प्रकाश 12 >
1 स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।
時,天上出現了一個大異兆:有一個女人,身披太陽,腳踏月亮,頭戴十二顆星的榮冠;
2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्च्याइरहेकी थिई ।
她胎中懷了孕,在產痛和苦勞中,呼疼呻吟。
3 त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।
隨著天上又出現了另一個異兆:有一條火紅的大龍,有七個頭,十隻角,頭上戴著七個王冠。
4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।
牠的尾巴將天上的星辰勾下了三分之一,投在地上。那條龍便站在那要生產的女人面前,待她生產後,要吞下她的孩子。
5 त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनतिर लगियो ।
那女人生了一個男孩子,他就是那要以鐵杖牧放萬民的;那女人的孩子被提到天主和他的寶座前。
6 अनि त्यो स्त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
女人就逃到曠野去了,在那裏有天主已給她準備好的地方,叫她在那裏受供養一千二百六十天。
7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।
以後,天主就發生了戰爭:彌額爾和他的天使一同與那龍交戰,那龍也和牠的使者一起應戰,
8 तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
但牠們敵不住,在天上遂再也沒有牠們的地方了。
9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
於是那大龍被摔了下來,牠就是那遠古的蛇,號稱魔鬼或撒殫的。那欺騙了全世界的,被摔倒地上,牠的使者也同牠一起被摔了下來。
10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्ति, शक्ति, हाम्रा परमेश्वरको राज्य, ख्रीष्टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
那時我聽見天上有大聲音說:「如今我們的天主獲得了勝利、權能和國度,也顯示了他基督的權柄,因為那日夜在我們的天主前,控告我們弟兄的控告者,已被摔下去了。
11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
他們賴羔羊的血和他們作證的話,得勝了那條龍,因為他們情願犧牲自己的性命死了。
12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्कार! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।
為此,高天和住在那裏的,你們歡樂罷!禍哉,大地和海洋!因為魔鬼懷著大怒下到你們那裏去了,因為他知道自己只有很短的時間了。」
13 आफू पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले बालक जन्माउने स्त्रीलाई सतायो ।
那條龍一看見自己被摔到地上,就去追趕那生了男嬰的女人。
14 अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।
可是有大鷹的兩個翅膀給了那女人,為叫她飛入曠野,到自己的地方去,在那裏受供養一段時期、兩段時期和半段時期,遠離那蛇的面。
15 त्यस स्त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो ।
那蛇遂在女人後面,從自己的口中吐出一道像河的水,為使那女人被河水沖去;
16 तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।
可是大地卻援助了那女人,大地裂開一個口,把那條龍從口中所吐出的河水吸了去。
17 त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
那條龍便對那女人大發忿怒,遂去與她其餘的後裔,即那些遵行天主的誡命,且為耶穌作證的人交戰;