< प्रकाश 11 >

1 मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।
Mulle anti pilliroog mõõdupuuks ja öeldi: „Mine, mõõda ära Jumala tempel ja altar ning need, kes seal kummardavad!
2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनभने त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।
Aga templi välisõu jäta välja ning ära mõõda seda, sest see on antud rahvastele ning nad tallavad püha linna nelikümmend kaks kuud.
3 मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
Ja ma määran oma kaks tunnistajat ja nad ennustavad kotiriidesse riietatuna tuhat kakssada kuuskümmend päeva.“
4 यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।
Need tunnistajad on kaks õlipuud ja kaks lambijalga, mis seisavad kogu maailma Issanda ees.
5 यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ ।
Kui keegi tahab neile kurja teha, väljub nende suust tuli, mis neelab ära nende vaenlased. Kes iganes tahab neile kurja teha, siis peab ta nõnda tapetama.
6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।
Neil on meelevald sulgeda taevas, et nende ennustamise ajal vihma ei sajaks; ja neil on meelevald vete üle muuta need vereks ning lüüa maad kõikvõimalike nuhtlustega nii sageli, kui nad tahavad.
7 जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ । (Abyssos g12)
Kui nad on lõpetanud tunnistamise, tuleb sügavikust metsaline ja astub nende vastu lahingusse, ta võidab nad ära ja tapab nad. (Abyssos g12)
8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लितिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रुसमा टाँगिनुभएको थियो ।
Nende surnukehad vedelevad suure linna tänavail, mille nimi on vaimulikus tähenduses Soodom ja Egiptus. Seal löödi risti ka nende Issand.
9 किनकि साँढे तिन दिनसम्म हरेक राष्‍ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।
Inimesed eri rahvastest, suguharudest, keeltest ja hõimudest vaatavad nende surnukehi kolm ja pool päeva ega lase neid panna hauda.
10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
Ja kogu maailma elanikud rõõmustavad nende surma üle, nad pidutsevad ja saadavad üksteisele kingitusi, sest need kaks prohvetit olid vaevanud kogu maailma elanikke.
11 तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।
Aga kolme ja poole päeva pärast tuli Jumala eluvaim nende sisse, nad tõusid jalule ning suur kartus valdas kõiki, kes seda nägid.
12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्‍नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।
Ja nad kuulsid võimsat häält taevast, mis neile ütles: „Tulge siia üles!“Ja pilv kandis nad üles taevasse, ja nende vaenlased nägid seda pealt.
13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।
Samal tunnil sündis suur maavärin ning kümnendik linna varises kokku ja selles maavärinas hukkus seitse tuhat inimest, ülejäänud olid hirmunud ja nad andsid taeva Jumalale austust.
14 दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।
Teine häda on möödas, vaata, kolmas häda tuleb varsti!
15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।” (aiōn g165)
Seitsmes ingel puhus pasunat, ja taevas oli kuulda võimsaid hääli, mis ütlesid: „Maailma valitsus on saanud meie Issanda ja tema Messia omaks ning tema valitseb igavesest ajast igavesti.“ (aiōn g165)
16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे ।
Ja need kakskümmend neli vanemat, kes istuvad Jumala ees oma troonidel, heitsid silmili maha ja kummardasid Jumalat.
17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ ।
Nad ütlesid: „Me täname sind, Issand, Kõigeväeline Jumal, kes oled ja kes olid, et sa oled päästnud valla oma võimsa väe ning hakanud valitsema kuningana.
18 संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”
Rahvahõimud on raevutsenud, aga nüüd on sinu viha saabunud ning on aeg mõista kohut surnute üle ning anda kätte palk prohvetitele, su sulastele, ning pühadele ning neile, kes kardavad su nime, väikestele ja suurtele, ning hävitada need, kes hävitavad maad.“
19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।
Ja Jumala tempel taevas avanes ning seal sai nähtavaks tema lepingulaegas. Tulid välgusähvatused, müristamine, äikesehood, maavärin ja ränk rahesadu.

< प्रकाश 11 >