< प्रकाश 10 >
1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
I vidjeh drugoga jednog, snažnog anđela: silazio s neba ogrnut oblakom, na glavi mu duga, lice mu kao sunce, a noge kao ognjeno stupovlje;
2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
u ruci drži otvorenu knjižicu. I zakorači desnom nogom na more, lijevom na zemlju pa povika iza glasa kao kad lav riče.
3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
I kad povika, oglasi se sedam gromova tutnjavom.
4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख । यसलाई नलेख ।”
A kad se oglasi sedam gromova, htjedoh pisati, ali začujem glas s neba: “Zapečati to što prozbori sedam gromova! Toga ne piši!”
5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
I onaj anđeo što ga vidjeh gdje stoji na moru i zemlji, podiže k nebu desnicu
6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन । (aiōn )
i zakle se Živim u vijeke vjekova, koji stvori nebo i sve što je na njemu, zemlju i sve što je na njoj, more i sve što je u njemu: “Neće više biti vremena! (aiōn )
7 तर त्यस दिन सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्दा त्यस दिनमा उहाँका सेवक अगमवक्ताहरूलाई घोषणा गर्नुभएजस्तै त्यो रहस्य परमेश्वरले पुरा गर्नुहुनेछ ।”
Nego - u dane kad se oglasi sedmi anđeo, čim zatrubi, dovršit će se otajstvo Božje kao što on to navijesti slugama svojim prorocima.”
8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
I glas što ga začuh s neba opet prozbori sa mnom: “Idi, uzmi otvorenu knjigu iz ruke anđela što stoji na moru i na zemlji!”
9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लाऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
Pristupim k anđelu i zamolim ga da mi dade knjižicu. A on će mi: “Uzmi je i progutaj! Zagorčit će ti utrobu, ali će ti u ustima biti slatka kao med.”
10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
Uzeh knjižicu iz ruke anđelove i progutah je. I bijaše mi u ustima kao med slatka, ali kad je progutah, zagorči mi utrobu.
11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
I rečeno mi je: “Treba da ponovno prorokuješ proti pucima i narodima i kraljevima mnogim!”