< भजनसंग्रह 98 >

1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
مزمور برای خداوند سرود تازه بسرایید زیراکارهای عجیب کرده است. دست راست و بازوی قدوس او، او را مظفر ساخته است.۱
2 परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
خداوند نجات خود را اعلام نموده، وعدالتش را به نظر امت‌ها مکشوف کرده است.۲
3 उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् ।
رحمت و امانت خود را با خاندان اسرائیل به یادآورد. همه اقصای زمین نجات خدای ما رادیده‌اند.۳
4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
‌ای تمامی زمین، خداوند را آواز شادمانی دهید. بانگ زنید و ترنم نمایید و بسرایید.۴
5 वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
خداوند را با بربط بسرایید! با بربط و با آوازنغمات!۵
6 तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
با کرناها و آواز سرنا! به حضور یهوه پادشاه آواز شادمانی دهید!۶
7 समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
دریا و پری آن بخروشد! ربع مسکون و ساکنان آن!۷
8 नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
نهرهادستک بزنند! و کوهها با هم ترنم نمایند.۸
9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
به حضور خداوند زیرا به داوری جهان می‌آید. ربع مسکون را به انصاف داوری خواهد کرد و قومهارا به راستی.۹

< भजनसंग्रह 98 >