< भजनसंग्रह 98 >
1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
A psalm. Oh, sing to Yahweh a new song, for he has done marvelous things; his right hand and his holy arm have given him victory.
2 परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।
Yahweh has made known his salvation; he has openly showed his justice to all the nations.
3 उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्वस्तता सम्झिनुहुन्छ । पृथ्वीको अन्तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्वरको विजय देख्नेछन् ।
He calls to mind his covenant loyalty and faithfulness for the house of Israel; all the ends of the earth will see the victory of our God.
4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
Shout for joy to Yahweh, all the earth; burst into song, sing for joy, and sing praises.
5 वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ ।
Sing praises to Yahweh with the harp, with the harp and melodious song.
6 तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
With trumpets and the sound of the horn, make a joyful noise before the King, Yahweh.
7 समुद्र र त्यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।
Let the sea shout and everything in it, the world and those who live in it!
8 नदीहरूले तिनीहरूले आफ्ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
Let the rivers clap their hands, and let the mountains shout for joy.
9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
Yahweh is coming to judge the earth; he will judge the world with righteousness and the nations with fairness.