< भजनसंग्रह 97 >

1 परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
耶和华作王!愿地快乐! 愿众海岛欢喜!
2 बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
密云和幽暗在他的四围; 公义和公平是他宝座的根基。
3 आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।
有烈火在他前头行, 烧灭他四围的敌人。
4 उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्‍छ र थरथर काम्छ ।
他的闪电光照世界, 大地看见便震动。
5 परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
诸山见耶和华的面, 就是全地之主的面,便消化如蜡。
6 आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
诸天表明他的公义; 万民看见他的荣耀。
7 कुँदेका आकृतिहरू पुज्‍नेहरू, व्‍यर्थका मूर्तिहरूमा घमण्‍ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्‍टो पर!
愿一切事奉雕刻的偶像、 靠虚无之神自夸的,都蒙羞愧。 万神哪,你们都当拜他。
8 हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।
耶和华啊,锡安听见你的判断就欢喜; 犹大的城邑也都快乐。
9 हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।
因为你—耶和华至高,超乎全地; 你被尊崇,远超万神之上。
10 तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
你们爱耶和华的,都当恨恶罪恶; 他保护圣民的性命, 搭救他们脱离恶人的手。
11 धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
散布亮光是为义人; 预备喜乐是为正直人。
12 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।
你们义人当靠耶和华欢喜, 称谢他可记念的圣名。

< भजनसंग्रह 97 >