< भजनसंग्रह 96 >
1 परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ ।
Псалом Хвалебная песнь Давида. На построение дома. Воспойте Господу песнь новую; воспойте Господу, вся земля;
2 परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्यको भन । उहाँको उद्धार दिनदिनै घोषणा गर ।
пойте Господу, благословляйте имя Его, благовествуйте со дня на день спасение Его;
3 उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
возвещайте в народах славу Его, во всех племенах чудеса Его;
4 किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्नुपर्छ ।
ибо велик Господь и достохвален, страшен Он паче всех богов.
5 किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
Ибо все боги народов - идолы, а Господь небеса сотворил.
6 उहाँको उपस्थितिमा वैभव र ऐश्वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
Слава и величие пред лицем Его, сила и великолепие во святилище Его.
7 हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर ।
Воздайте Господу, племена народов, воздайте Господу славу и честь;
8 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्दिरभित्र आओ ।
воздайте Господу славу имени Его, несите дары и идите во дворы Его;
9 पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
поклонитесь Господу во благолепии святыни. Трепещи пред лицем Его, вся земля!
10 जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।
Скажите народам: Господь царствует! потому тверда вселенная, не поколеблется. Он будет судить народы по правде.
11 आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् ।
Да веселятся небеса и да торжествует земля; да шумит море и что наполняет его;
12 मैदानहरू र त्यसमा भएका सबै थोक आनन्दित होऊन् । वनका सबै रूखहरूले आनन्दले कराऊन्,
да радуется поле и все, что на нем, и да ликуют все дерева дубравные!
13 परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
пред лицем Господа; ибо идет, ибо идет судить землю. Он будет судить вселенную по правде, и народы - по истине Своей.