< भजनसंग्रह 94 >
1 हे परमप्रभु, परमेश्वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्वर, हामीमाथि चम्किनुहोस् ।
Ee Bwana, ulipizaye kisasi, Ee Mungu ulipizaye kisasi, uangaze sasa.
2 हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्डीहरूलाई जे सुहाउँदो हुन्छ, त्यो तिनीहरूलाई दिनुहोस् ।
Ee Mhukumu wa dunia, inuka, uwalipize wenye kiburi kama wanavyostahili.
3 हे परमप्रभु, दुष्टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्टहरू कहिलेसम्म आनन्दित हुनेछन्?
Hata lini, waovu, Ee Bwana, hata lini waovu watashangilia?
4 तिनीहरू आफ्ना घमण्डका शब्दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।
Wanamimina maneno ya kiburi, watenda mabaya wote wamejaa majivuno.
5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्चिन्छन् । तिनीहरूले तपाईंका जातिलाई कष्ट दिन्छन् ।
Ee Bwana, wanawaponda watu wako, wanawaonea urithi wako.
6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्या गर्छन् ।
Wanamchinja mjane na mgeni, na kuwaua yatima.
7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।”
Nao husema, “Bwana haoni, Mungu wa Yakobo hafahamu.”
8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्नेछौ?
Sikizeni, enyi wajinga miongoni mwa watu; enyi wapumbavu, lini mtakuwa na hekima?
9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्नुहुन्न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्न र?
Je, aliyeweka sikio asisikie? Aliyeumba jicho asione?
10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्छ, के उहाँले सच्याउनुहुन्न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ ।
Je, anayeadhibisha mataifa asiadhibu? Je, awafundishaye wanadamu asiwe na maarifa?
11 परमप्रभुले मानिसहरूका विचारहरू जान्नुहुन्छ, ती वाफ हुन् ।
Bwana anajua mawazo ya mwanadamu; anajua kwamba ni ubatili.
12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
Ee Bwana, heri mtu anayeadhibishwa na wewe, mtu unayemfundisha kwa sheria yako,
13 दुष्टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्टको समयमा विश्राम दिनुहुन्छ ।
unampa utulivu siku za shida, mpaka shimo litakapokuwa limechimbwa kwa ajili ya mwovu.
14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्नुहुन्न वा आफ्ना उत्तराधिकारलाई छोड्नुहुन्न ।
Kwa kuwa Bwana hatawakataa watu wake, hatauacha urithi wake.
15 फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
Hukumu itasimamishwa tena kwenye haki, wote walio na mioyo minyofu wataifuata.
16 खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ?
Ni nani atakayeinuka dhidi ya mwovu kwa ajili yangu? Ni nani atakayenikinga dhidi ya watenda maovu?
17 परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
Kama Bwana asingelinisaidia upesi, ningelikuwa ninaishi katika ukimya wa kifo.
18 जब मैले भनें, “मेरो खुट्टा चिप्लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्वस्तताले मलाई माथि उचाल्यो ।
Niliposema, “Mguu wangu unateleza,” Ee Bwana, upendo wako ulinishikilia.
19 जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
Wakati wasiwasi ulipokuwa mwingi ndani yangu, faraja yako ilinipa furaha nafsini mwangu.
20 के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
Je, kiti cha utawala wa udhalimu kitajiunga nawe, ule utawala uletao taabu kutokana na sheria zake?
21 तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।
Huungana kuwashambulia wenye haki, kuwahukumu kufa wasio na hatia.
22 तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।
Lakini Bwana amekuwa ngome yangu, na Mungu wangu amekuwa mwamba ninaoukimbilia.
23 तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्टतामा तिनीहरूलाई नष्ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई नष्ट पार्नुहुनेछ ।
Yeye atawalipa kwa ajili ya dhambi zao na atawaangamiza kwa ajili ya maovu yao; Bwana Mungu wetu atawaangamiza.