< भजनसंग्रह 92 >
1 हे सर्वोच्च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,
Es bueno alabar al Señor y hacer melodía a tu nombre, ¡oh Altísimo!
2 बिहानमा तपाईंको करारको विश्वस्तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
Para declarar tu misericordia en la mañana, y tu fe inmutable todas las noches;
3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
En un instrumento de diez cuerdas, y música de arpa.
4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
Porque tú, oh Jehová, me has agradado por tus obras; Tendré alegría en la obra de tus manos.
5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
¡Oh Señor, qué grandes son tus obras! y tus pensamientos son muy profundos.
6 एक जना निर्दयी व्यक्तिले जान्दैन, न त मूर्खले यो बुझ्छः
Un hombre sin sentido no tiene conocimiento de esto; y un hombre necio no puede asimilarlo.
7 जब दुष्टहरू घाँसझैं उम्रिन्छन्, र दुष्ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्छन् ।
Cuando los pecadores se levantan como la hierba, y todos los que hacen mal florecen, es para que su fin sea la destrucción eterna.
8 तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्य गर्नुहुनेछ ।
Pero tú, oh Señor, estás en lo alto para siempre.
9 वास्तवमा, हे परमप्रभु, आफ्ना शत्रुहरूलाई हेर्नुहोस् । वास्तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
Para ver! tus enemigos, oh Señor, morirán; todos los hacedores del mal serán esparcidos;
10 तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।
Pero mi fuerzas aumentan como las del búfalo; el mejor aceite fluye sobre mi cabeza.
11 मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्ट वैरीहरूका विनाश सुनेको छन् ।
Mis ojos han visto problemas en mis enemigos; mis oídos tienen noticias del destino de los malhechores que se han enfrentado a mí.
12 धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्नेछन् ।
El hombre bueno será como un árbol alto en su fuerza; su crecimiento será como los árboles que se extienden en el Líbano.
13 तिनीहरूलाई परमप्रभुको मन्दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
Los plantados en la casa del Señor subirán altos y fuertes en sus jardines.
14 ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
Darán fruto aun cuando sean viejos; serán fértiles y llenos de crecimiento;
15 त्यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्छ र उहाँमा कुनै अधर्म छैन ।
Para anunciar que el Señor es recto; él es mi Roca, no hay engaño en él.