< भजनसंग्रह 92 >

1 हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,
安息日的诗歌。 称谢耶和华! 歌颂你至高者的名!
2 बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,
用十弦的乐器和瑟, 用琴弹幽雅的声音, 早晨传扬你的慈爱; 每夜传扬你的信实。 这本为美事。
3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।
因你—耶和华借着你的作为叫我高兴, 我要因你手的工作欢呼。
5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
耶和华啊,你的工作何其大! 你的心思极其深!
6 एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः
畜类人不晓得; 愚顽人也不明白。
7 जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।
恶人茂盛如草, 一切作孽之人发旺的时候, 正是他们要灭亡, 直到永远。
8 तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।
惟你—耶和华是至高, 直到永远。
9 वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।
耶和华啊,你的仇敌都要灭亡; 一切作孽的也要离散。
10 तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।
你却高举了我的角,如野牛的角; 我是被新油膏了的。
11 मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् ।
我眼睛看见仇敌遭报; 我耳朵听见那些起来攻击我的恶人受罚。
12 धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।
义人要发旺如棕树, 生长如黎巴嫩的香柏树。
13 तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
他们栽于耶和华的殿中, 发旺在我们 神的院里。
14 ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
他们年老的时候仍要结果子, 要满了汁浆而常发青,
15 त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।
好显明耶和华是正直的。 他是我的磐石,在他毫无不义。

< भजनसंग्रह 92 >