< भजनसंग्रह 89 >
1 म परमप्रभुको करारको विश्वस्तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।
則辣黑人厄堂的訓誨詩。 我要永遠歌頌上主的恩寵,要世世代代親口稱揚您的忠誠。
2 किनकि मैले भनेको छु, “करारको विश्वस्तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।”
您原說過:我的恩寵已永遠奠定!就如您在天上確定您的忠誠。
3 मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्नो दास दाऊदसँग सपथ खाएको छु ।
我同我揀選的人起契約,向我的僕人達味起了盟誓,
4 म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला
我直到永遠鞏您的後裔,世世代代將您的寶座建立。
5 हे परमप्रभु, स्वर्गले तपाईंका आश्चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।
上主,願蒼天稱讚您的奇事,聖者集會讚美您的忠義!
6 किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र?
在雲彩之中,誰可與上主相比,天主的眾子,誰能同上主相似。
7 उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्च आदर गरिन्छ र उहाँलाई घेरा हाल्ने सबैको माझमा भयानक हुनुहुन्छ ।
在聖者會中,天主令人驚恐,祂偉大可怕,超過祂四週的神聖。
8 हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्छ ।
上主萬軍的天主,有誰能夠相似您?上主,您是全能的,您的忠信環繞您。
9 तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ ।
您統治洶湧的海嘯,您平抑翻騰的波濤。
10 तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
您曾踐踏辣哈布,喜歡踐踏屍死體,您以矢能的手臂驅散您的仇敵。
11 स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो ।
高天是屬您的,厚土也是屬您的,寰宇及其中的一切是您奠定的。
12 तपाईंले उत्तर र दक्षिणको सृष्टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्दित हुन्छन् ।
您創造了南方,創造了北方,大博爾,赫爾孟因您而歡暢。
13 तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्च छ ।
您的臂膀孔武有力,您雙手堅強,右手舉起。
14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् ।
正義和公理是您寶座的基礎,仁愛和忠信在您的前面開路。
15 ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।
會歡樂歌唱的百姓的確有福;上主,他們在您慈顏光中行走,
16 तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।
他們常常因您的名而歡躍,您的正義使他們引以自豪。
17 तपाईं तिनीहरूका ऐश्वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
因為您給他們權勢的光明,因您慈惠,我們的威能上升。
18 किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।
因為我們在上主內有庇護,以色列的聖者是我們的君主。
19 धेरै अघि आफ्ना विश्वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
您曾在異像中向您的聖者說:我已姶那有能者加冕,由百姓中將我所選者舉薦。
20 मैले आफ्नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।
我揀選達味做我的忠僕,也給他傅抹了聖油。
21 मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।
我的雙手必要扶持祂,我的臂膀必常堅固祂,
22 कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
仇敵不能欺騙他,惡人不能壓伏他,
23 त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।
我要在他前擊破他的仇敵,凡仇恨他的人,我必要打擊。
24 मेरो सत्यता र मेरो करारको विश्वस्तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ ।
我的忠信與仁慈與他共處,他的頭角因我的名而得高舉。
25 म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्नेछु ।
我使他的手伸到海上,使他的右手伸到河上。
26 त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।'
他要稱我說:『您是我的大父,是我救恩的磐石,是我的天主。』
27 मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्ये सबैभन्दा उच्च पारिएको रूपमा पनि त्यसलाई म राख्नेछु ।
我也要立祂為首生子,祂高出世上所有的君主。
28 म आफ्नो करारको विश्वस्तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।
我同祂永遠保持我的慈愛,我同祂立火約,永不得破壞,
29 त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।
使祂的後裔,永世不替,使祂的寶位,與天日齊。
30 त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने,
若他的子孫放棄我的法令,不照我的命令行,
31 तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने,
若是他們違反了我的章程,不遵守我的誡命,
32 तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु ।
我必要用棍杖懲罰他們的罪過,也必用鞭子責打他們的邪惡。
33 तर त्यसबाट आफ्नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्वासी हुनेछैन ।
但我將我的慈愛撤退,我也不使我的忠誠作廢,
34 म आफ्नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।
也不放棄我的盟約,也不改變我的許諾。
35 सदाको निम्ति एकै पटक मैले आफ्नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः
我一次指我的聖善起誓,我也絕對不會欺騙達味。
36 त्यसका सन्तानहरू सधैं निरन्तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।
他的後裔必定要永遠興隆,他的御座在我前,如日永恆;
37 आकाशमा विश्वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला
又如月亮循環不停,做空中忠實的見證。
38 तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्त राजासँग तपाईं रिसाउनुभएको छ ।
但是您已經拒絕和擯棄,對您的受傅者憤怒大起。
39 तपाईंले आफ्नो सेवको करार त्याग्नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।
將您僕人的盟約撕毀,將他的冠冕拋撕於地。
40 तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ । तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्नावशेष पार्नुभएको छ ।
蕩平了他所有的城垣,使他的堡壘化為荒原。
41 त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।
凡過路的人都劫掠他,他為鄰人所嘲笑辱罵。
42 तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ । त्यसका सबै शत्रुलाई तपाईंले आनन्दित बनाउनुभएको छ ।
您高舉了他仇人右手,使他的敵人滿心歡愉。
43 तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन ।
使他的刀刃遲鈍不利,上陣時使他不能站立。
44 तपाईंले त्यसको ऐस्वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्याउनुभएको छ ।
使他的光輝消失滅跡,把他的寶座推翻於地。
45 तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ । तपाईंले त्यसलाई लाजले ढाक्नुभएको छ । सेला
縮短他青春的時日,要使他去蒙受羞恥。
46 हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?
上主,您不斷地隱避;要到何時,上主您的怒火如焚,何時才熄?
47 मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
求您懷念我的性命何其短暫,您所創造的世人是多麼虛幻!
48 को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला (Sheol )
有那一個人能常生不死,有誰能自救於陰的權勢? (Sheol )
49 हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्वस्तताका पहिलेका कामहरू कहाँ छन्?
吾主,您從前憑著您的忠義,向達味許的仁愛,今在哪裏?
50 हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्नो मनमा कसरी सहन्छु सो सम्झनुहोस् ।
上主,求您記念您僕人所受的羞辱。在我人中所承擔異民的一切憎惡:
51 हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् ।
就是您的那些反對者所加加給您的羞辱,上主,他們也淩辱您的受傅者的腳步。
52 सदासर्वदा परमप्रभुलाई धन्यवाद होस् । आमेन र आमेन ।
願上主永遠受讚美!阿們,阿們!