< भजनसंग्रह 88 >
1 हे परमप्रभु, मेरो उद्धारको परमेश्वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
Yahwe, Mungu wa wokovu wangu, ninalia mchana na usiku mbele zako.
2 मेरो प्रार्थना सुन्नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
Sikiliza maombi yangu; utazame kulia kwangu.
3 किनकि म कष्टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । (Sheol )
Maana nimejawa taabu, na uhai wangu umefika kuzimuni. (Sheol )
4 मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
Watu hunichukulia kama wale waendao chini shimoni; mimi ni mtu asiye na nguvu.
5 म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्छन् ।
Nimetelekezwa miongoni mwa wafu; niko kama mfu alalaye katika kaburi, wao ambao wewe huwajari tena kwa sababu wametengwa mbali na nguvu zako.
6 तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्नुहुन्छ ।
Wewe umeniweka katika sehemu ya chini kabisa ya shimo, sehemu yenye giza na kilindini.
7 तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला
Gadhabu yako yanielemea, na mawimbi yako yote yanatua juu yangu. (Selah)
8 तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
Kwa sababu yako, wale wanijuao wote hunikwepa. Umenifanya wakutisha machoni pao. Nimefungwa na siwezi kutoroka.
9 मेरा आँखाहरू कष्टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु ।
Macho yangu yamefifia kutokana na shida; kila siku nakuita wewe, Yahwe; ninakunyoshea wewe mikono yangu.
10 के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
Je! utafanya miujiza kwa ajili ya wafu? Wale waliokufa watafufuka na kukusifu wewe? (Selah)
11 के तपाईंको करारको विश्वस्तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
Uaminifu wa agano lako utatangazwa kaburini? au uaminifu wako mahali pa wafu?
12 के तपाईंका अचम्मका कामहरू अन्धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
Matendo yako ya ajabu yatajulikana gizani? au haki yako katika mahali pa usahaulifu?
13 तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
Lakini ninakulilia wewe, Yahwe; wakati wa asubuhi maombi yangu huja kwako.
14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
Yahwe, kwa nini unanikataa? Kwa nini unauficha uso wako mbali nami?
15 मेरो जवान अवस्थादेखि नै म सधैं कष्टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
Nimekuwa nikiteswa kila siku na hatihati ya kifo tangu ujana wangu. Nimeteseka dhidi ya hofu yako kuu; ninakata tamaa.
16 तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् ।
Matendo yako ya hasira yamepita juu yangu, na matendo yako ya kutisha yameniangamiza.
17 तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् ।
Siku zote yananizingira mimi kama maji; yote yamenizunguka mimi.
18 तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
Wewe umemuondoa kwangu kila rafiki na anijuaye. Na sasa anijuaye pekee ni giza.