< भजनसंग्रह 88 >

1 हे परमप्रभु, मेरो उद्धारको परमेश्‍वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
Господе Боже, Спаситељу мој, дању вичем и ноћу пред Тобом.
2 मेरो प्रार्थना सुन्‍नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
Нек изађе преда Те молитва моја, пригни ухо своје к јауку мом;
3 किनकि म कष्‍टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । (Sheol h7585)
Јер је душа моја пуна јада, и живот се мој примаче паклу. (Sheol h7585)
4 मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
Изједначих се с онима који у гроб одлазе, постадох као човек без силе,
5 म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् ।
Као међу мртве бачен, као убијени, који леже у гробу, којих се више не сећаш, и који су од руке Твоје далеко.
6 तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्‍नुहुन्छ ।
Метнуо си ме у јаму најдоњу, у таму, у бездану.
7 तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला
Отежа ми гнев Твој, и свима валима својим удараш ме.
8 तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्‍ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्‍स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
Удаљио си од мене познанике моје, њима си ме омразио; затворен сам, и не могу изаћи.
9 मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु ।
Око моје усахну од јада, вичем Те, Господе, сав дан, пружам к Теби руке своје.
10 के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
Еда ли ћеш на мртвима чинити чудеса? Или ће мртви устати и Тебе славити?
11 के तपाईंको करारको विश्‍वस्‍तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
Еда ли ће се у гробу приповедати милост Твоја, и истина Твоја у труљењу?
12 के तपाईंका अचम्‍मका कामहरू अन्‍धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
Еда ли ће у тами познати чудеса Твоја, и правду Твоју где се све заборавља?
13 तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
Али ја, Господе, к Теби вичем, и јутром молитва моја срета Те.
14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
Зашто, Господе, одбацујеш душу моју, и одвраћаш лице своје од мене?
15 मेरो जवान अवस्थादेखि नै म सधैं कष्‍टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
Мучим се и издишем од удараца, подносим страхоте Твоје, без надања сам.
16 तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्‍दा कामहरूले मलाई नाश पारेका छन् ।
Гнев Твој стиже ме, страхоте Твоје раздиру ме.
17 तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् ।
Оптечу ме сваки дан као вода, стежу ме одсвуда.
18 तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
Удаљио си од мене друга и пријатеља; познаници моји сакрили су се у мрак.

< भजनसंग्रह 88 >