< भजनसंग्रह 88 >
1 हे परमप्रभु, मेरो उद्धारको परमेश्वर, दिनरात म तपाईंको सामु पुकारा गर्छु ।
Senhor Deus da minha salvação, diante de ti tenho clamado de dia e de noite.
2 मेरो प्रार्थना सुन्नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।
Chegue a minha oração perante a tua face, inclina os teus ouvidos ao meu clamor;
3 किनकि म कष्टले पूर्ण छु, र मेरो जीवन चिहानमा पुगेको छ । (Sheol )
Porque a minha alma está cheia de angustias, e a minha vida se approxima da sepultura. (Sheol )
4 मानिसहरूले मलाई तल खाडलमा जानेहरूलाई झैं व्यवहार गर्छन् । म कुनै बल नै नभएको मानिस हुँ ।
Estou contado com aquelles que descem ao abysmo: estou como homem sem forças,
5 म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्छन् ।
Apartado entre os mortos, como os feridos de morte que jazem na sepultura, dos quaes te não lembras mais, e estão cortados da tua mão.
6 तपाईंले मलाई खाडलको तल्लो भागमा, अँध्यारो र गहिरो ठाउँमा राख्नुहुन्छ ।
Pozeste-me no abysmo mais profundo, em trevas e nas profundezas.
7 तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला
Sobre mim peza o teu furor: tu me affligiste com todas as tuas ondas (Selah)
8 तपाईंकै कारणले मेरा चिनजानकाहरूले मलाई बेवास्ता गर्छन् । तिनीहरूका निम्ति तपाईंले मलाई बिभत्स दृश्य बनाउनुभयो । म चारैतिरबाट घेरिएको छु र म उम्किन सक्दिनँ ।
Alongaste de mim os meus conhecidos, pozeste-me em extrema abominação para com elles: estou fechado, e não posso sair.
9 मेरा आँखाहरू कष्टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु ।
A minha vista desmaia por causa da afflicção: Senhor, tenho clamado a ti todo o dia, tenho estendido para ti as minhas mãos.
10 के तपाईंले मृतहरूका निम्ति चमत्कार गर्नुहुन्छ र? के मरेकाहरू उठनेछन् अनि तपाईंको प्रशंसा गर्नेछन् र? सेला
Mostrarás tu maravilhas aos mortos, ou os mortos se levantarão e te louvarão? (Selah)
11 के तपाईंको करारको विश्वस्तता चिहानमा, तपाईंको बफदारिता मृतकहरूका ठाउँमा घोषणा गरिने छ र?
Será annunciada a tua benignidade na sepultura, ou a tua fidelidade na perdição?
12 के तपाईंका अचम्मका कामहरू अन्धकारमा, वा तपाईंको धार्मिकता बिर्सने ठाउँमा थाहा हुनेछ र?
Saber-se-hão as tuas maravilhas nas trevas, e a tua justiça na terra do esquecimento?
13 तर हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु । बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ ।
Eu, porém, Senhor, tenho clamado a ti, e de madrugada te esperará a minha oração.
14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
Senhor, porque rejeitas a minha alma? porque escondes de mim a tua face?
15 मेरो जवान अवस्थादेखि नै म सधैं कष्टमा परेको र मृत्युको जोखिममा रहेको छु । तपाईंका त्रासहरूका दुःख मैले भोगेको छु । म निराशमा छु ।
Estou afflicto, e prestes tenho estado a morrer desde a minha mocidade: emquanto soffro os teus terrores, estou distrahido.
16 तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्दा कामहरूले मलाई नाश पारेका छन् ।
A tua ardente indignação sobre mim vae passando: os teus terrores me teem retalhado.
17 तिनीहरूले मलाई दिनभरि पानीले झैं घेर्छन् । तिनीहरू सबैले मलाई घेरेका छन् ।
Elles me rodeiam todo o dia como agua; elles juntos me sitiam.
18 तपाईंले हरेक मित्र र चिनजानकाहरूलाई मबाट हटाउनुभएको छ । मेरो चिनजानको भनेको अन्धकार मात्र हो ।
Desviaste para longe de mim amigos e companheiros, e os meus conhecidos estão em trevas.