< भजनसंग्रह 87 >
1 उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
Of the sons of Korah. A Psalm. A Song. His foundation is in the mountains of holiness.
2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
Jehovah loveth the gates of Zion more than all the habitations of Jacob.
3 हे परमेश्वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
Glorious things are spoken of thee, O city of God. (Selah)
4 “मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्नेछन् 'यो त्यहाँ जन्मियो' ।”
I will make mention of Rahab and Babylon among them that know me; behold Philistia, and Tyre, with Ethiopia: this [man] was born there.
5 सियोनको बारेमा यसो भनिनेछ, “यिमध्ये हरेक त्यहाँ जन्मेका थियो । अनि सर्वोच्चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
And of Zion it shall be said, This one and that one was born in her; and the Most High himself shall establish her.
6 परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्नुहुन्छ, “यो त्यहाँ जन्मेको थियो ।” सेला
Jehovah will count, when he inscribeth the peoples, This [man] was born there. (Selah)
7 त्यसैले पनि गायकहरू र नाच्नेहरूले पनि मिलेर भन्छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”
As well the singers as the dancers [shall say], All my springs are in thee.