< भजनसंग्रह 86 >

1 हे परमप्रभु, सुन्‍नुहोस् र मलाई जवाफ दिनुहोस्, किनकि म गरीब र थिचोमिचोमा परेको छु ।
Davut'un duası Kulak ver, ya RAB, yanıtla beni, Çünkü mazlum ve yoksulum.
2 मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्‍वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।
Koru canımı, çünkü senin sadık kulunum. Ey Tanrım, kurtar sana güvenen kulunu!
3 हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु ।
Acı bana, ya Rab, Çünkü gün boyu sana yakarıyorum.
4 तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंमा उचाल्‍नेछु ।
Sevindir kulunu, ya Rab, Çünkü dualarımı sana yükseltiyorum.
5 हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्‍छ ।
Sen iyi ve bağışlayıcısın, ya Rab, Sana yakaran herkese bol sevgi gösterirsin.
6 हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्‍तीको सोर सुन्‍नुहोस् ।
Kulak ver duama, ya RAB, Yalvarışlarımı dikkate al!
7 कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।
Sıkıntılı günümde sana yakarırım, Çünkü yanıtlarsın beni.
8 हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।
İlahlar arasında senin gibisi yok, ya Rab, Eşsizdir işlerin.
9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
Yarattığın bütün uluslar gelip Sana tapınacaklar, ya Rab, Adını yüceltecekler.
10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।
Çünkü sen ulusun, harikalar yaratırsın, Tek Tanrı sensin.
11 हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।
Ya RAB, yolunu bana öğret, Senin gerçeğine göre yürüyeyim, Kararlı kıl beni, yalnız senin adından korkayım.
12 हे परमप्रभु मेरो परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।
Ya Rab Tanrım, bütün yüreğimle sana şükredeceğim, Adını sonsuza dek yücelteceğim.
13 किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ । (Sheol h7585)
Çünkü bana sevgin büyüktür, Canımı ölüler diyarının derinliklerinden sen kurtardın. (Sheol h7585)
14 हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।
Ey Tanrı, küstahlar bana saldırıyor, Zorbalar sürüsü, sana aldırmayanlar Canımı almak istiyor,
15 तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्‍वर हुनुहुन्छ ।
Oysa sen, ya Rab, Sevecen, lütfeden, tez öfkelenmeyen, Sevgisi ve sadakati bol bir Tanrı'sın.
16 मतरि फर्किनुहोस् र ममाथि दया गर्नुहोस् । आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस् । तपाईंको सेविकाको छोरालाई बचाउनुहोस् ।
Yönel bana, acı halime, Kuluna kendi gücünü ver, Kurtar hizmetçinin oğlunu.
17 मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस् । तब मलाई घृणा गर्नेहरूले यो देख्‍नेछन् र लज्‍जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ ।
İyiliğinin bir belirtisini göster bana; Benden nefret edenler görüp utansın; Çünkü sen, ya RAB, bana yardım ettin, Beni avuttun.

< भजनसंग्रह 86 >