< भजनसंग्रह 85 >
1 हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।
Керівнику хору. Псалом синів Кореєвих. Ти вподобав землю Свою, Господи, повернув із полону Якова.
2 तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्नुभएको छ । सेला
Ти простив беззаконня народу Твого, покрив усі гріхи його. (Села)
3 तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्नुभएको छ ।
Ти забрав [від нас] увесь Свій гнів, відвернув усю лють обличчя Твого.
4 हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्नता छोडिदिनुहोस् ।
Віднови нас, Боже спасіння нашого, і припини Свій гнів на нас.
5 के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
Невже Ти гніватимешся на нас вічно, продовжуватимеш гнів Свій із роду в рід?
6 के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्दित हुनेछन् ।
Невже не оживиш нас знову, щоб народ Твій радів Тобою?
7 हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्वस्तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्ति दिनुहोस् ।
З’яви нам, Господи, милість Свою і даруй нам Твоє спасіння.
8 परमप्रभु परमेश्वरले जे भन्नुहुन्छ सो म सुन्नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।
Послухаю-но, що скаже Бог, Господь, адже Він скаже: «Мир!» народові Своєму й вірним Своїм. Лише б вони знову не повернулися до безглуздя!
9 निश्चय नै उहाँको उद्धार उहाँको भय मान्नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।
Справді, близьке спасіння Його до тих, хто Його боїться, щоб слава [Його] замешкала в землі нашій.
10 करारको विश्वस्तता र सत्यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।
Милість та істина зустрінуться, правда і мир поцілуються.
11 सत्यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।
Істина проросте із землі, і правда з небес поглядатиме,
12 हो, परमप्रभुले आफ्नो उत्तम आशिष् दिनुहुनेछ र हाम्रो जमिनले आफ्नो अन्नहरू उब्जाउनेछ ।
і дасть Господь добро, і земля наша принесе врожай.
13 धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।
Правда піде перед Ним, поставить на дорогу свої кроки.