< भजनसंग्रह 83 >
1 हे परमेश्वर, चूपचाप नबस्नुहोस्! हे परमेश्वर, हामीलाई बेवास्ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
Oh ʼElohim, no permanezcas en silencio. Oh ʼElohim, no calles, no estés imperturbable.
2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्ना शिरहरू उठाएका छन् ।
Pues [mira que] rugen tus enemigos, Y los que te aborrecen levantan la cabeza.
3 तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
Astutamente consultaron contra tu pueblo. Conspiran contra tus protegidos.
4 तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्झना हुनेछैन ।”
Dijeron: Vengan. Destruyámoslos para que no sean nación. Que no haya más memoria del nombre de Israel.
5 तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
Porque con consentimiento conspiraron juntos. Contra Ti hacen un pacto:
6 यसमा एदोम र इश्माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
Las tiendas de Edom y los ismaelitas, Moab y los agarenos,
7 जसले गबाल, अम्मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
Gebal, Amón y Amalec, Filistea con los habitantes de Tiro,
8 तिनीहरूसँग अश्शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
También Asiria se unió a ellos. Sirven de brazo a los hijos de Lot. (Selah)
9 तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
Haz con ellos como con Madián, Como con Sísara, Como con Jabín en el torrente de Cisón,
10 तिनीहरू एन्दोरमा नष्ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
Que fueron destruidos en Endor Y fueron como abono para la tierra.
11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्नझैं बनाउनुहोस् ।
Haz a sus nobles como a Oreb y a Zeeb, Y a todos sus jefes como a Zeba y Zalmuna,
12 तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्वरको खर्क लिऊँ ।”
Porque dijeron: Tomemos como posesión nuestra los prados de ʼElohim.
13 हे मेरो परमेश्वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
Oh ʼElohim mío, conviértelos como un remolino de polvo, Como hojarasca ante el viento,
14 वन डढाउने आगोझैं र पहाडको आगोको ज्वालाझैं बनाउनुहोस् ।
Como fuego que consume el bosque, Como una llama incendia las montañas.
15 तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
Persíguelos así con tu tempestad Y aterrorízalos con tu tormenta.
16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
Llena sus caras de deshonra, Para que busquen tu Nombre, oh Yavé.
17 तिनीहरू लज्जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्ट होऊन् ।
Sean avergonzados y turbados para siempre. Sean humillados y perezcan,
18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्च हुनुहुन्छ भनी तिनीहरूले जान्नेछन् ।
Y sepan que solo Tú, tu Nombre es Yavé. Eres el ʼElyón sobre toda la tierra.