< भजनसंग्रह 83 >

1 हे परमेश्‍वर, चूपचाप नबस्‍नुहोस्! हे परमेश्‍वर, हामीलाई बेवास्‍ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
Боже! Немој замукнути, немој ћутати, нити почивај, Боже!
2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्‍ना शिरहरू उठाएका छन् ।
Јер ево непријатељи Твоји узавреше, и који Те ненавиде, подигоше главу.
3 तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
По народ Твој зло наумише, и договарају се на изабране Твоје.
4 तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।”
Рекоше: Ходите да их истребимо између народа да се више не спомиње име Израиљево.
5 तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
Сложно присташе и супрот Теби веру ухватише:
6 यसमा एदोम र इश्‍माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
Насеља Едомова и Исмаиловци, Моав и Агарени,
7 जसले गबाल, अम्‍मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्‍त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
Гевал и Амон и Амалик, Филистеји с Тирцима;
8 तिनीहरूसँग अश्‍शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
И Асур удружи се с њима; постадоше мишица синовима Лотовим.
9 तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
Учини им онако као Мадијану, као Сисари, као Јавину на потоку Кисону.
10 तिनीहरू एन्दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
Који су истребљени у Аендору, нагнојише собом земљу.
11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नझैं बनाउनुहोस् ।
Уради с њима, с кнезовима њиховим, као с Оривом и Зивом, и са свима главарима њиховим као са Зевејем и Салманом.
12 तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्‍वरको खर्क लिऊँ ।”
Јер говоре: Освојимо насеља Божија.
13 हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
Боже мој! Заповеди нека буду као прах, као песак пред ветром.
14 वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।
Као што огањ сажиже шуму, и као пламен што запаљује горе,
15 तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
Тако их погнај буром својом и вихором својим смети их.
16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
Покриј лице њихово срамотом, да би тражили име Твоје, Господе!
17 तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।
Нека се стиде и сраме довека, нека се смету и изгину!
18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।
И нека знају да си Ти, коме је име Господ, једини највиши над свом земљом.

< भजनसंग्रह 83 >