< भजनसंग्रह 83 >
1 हे परमेश्वर, चूपचाप नबस्नुहोस्! हे परमेश्वर, हामीलाई बेवास्ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
Waƙa ce. Zabura ta Asaf. Ya Allah, kada ka yi shiru; kada ka tsaya cik, ya Allah, kada ka daina motsi.
2 हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्ना शिरहरू उठाएका छन् ।
Dubi yadda abokan gābanka suke fariya, dubi yadda maƙiyanka suke ɗaga kansu.
3 तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
Da wayo suna ƙulle-ƙulle a kan mutanenka; suna shirya maƙarƙashiya a kan waɗanda kake so.
4 तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्झना हुनेछैन ।”
Suna cewa, “Ku zo, bari mu hallaka su ɗungum a matsayin al’umma, don kada a ƙara tuna da sunan Isra’ila.”
5 तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
Da zuciya ɗaya suka yi ƙulle-ƙulle tare; suka haɗa kai gāba da kai,
6 यसमा एदोम र इश्माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
tentunan Edom da na mutanen Ishmayel, na Mowab da kuma na Hagirawa,
7 जसले गबाल, अम्मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
Gebal, Ammon da Amalek, Filistiya, tare da mutanen Taya.
8 तिनीहरूसँग अश्शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
Har Assuriya ma ta haɗa kai da su don ta ba da ƙarfi ga zuriyar Lot. (Sela)
9 तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
Ka yi musu abin da ka yi wa Midiyan, yadda ka yi wa Sisera da Yabin a kogin Kishon,
10 तिनीहरू एन्दोरमा नष्ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
waɗanda suka hallaka a En Dor suka zama kamar juji a ƙasa.
11 तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्नझैं बनाउनुहोस् ।
Ka mai da manyansu kamar Oreb da Zeyib, dukan sarakunansu kamar Zeba da Zalmunna,
12 तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्वरको खर्क लिऊँ ।”
waɗanda suka ce, “Bari mu mallaki wuraren kiwon Allah.”
13 हे मेरो परमेश्वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
Ka mai da su kamar ɗan tsiron da kan karye, iska ta yi ta turawa, ya Allahna, kamar yayin da iska take hurawa,
14 वन डढाउने आगोझैं र पहाडको आगोको ज्वालाझैं बनाउनुहोस् ।
kamar yadda wuta ke cin kurmi ko harshen wutar da take ci a kan duwatsu,
15 तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
haka za ka kore su da iska mai ƙarfi ka kuma firgita su da guguwarka.
16 हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
Ka rushe fuskokinsu da kunya don mutane su nemi sunanka, ya Ubangiji.
17 तिनीहरू लज्जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्ट होऊन् ।
Bari su kasance cikin kunya da taƙaici; bari su hallaka cikin wulaƙanci.
18 तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्च हुनुहुन्छ भनी तिनीहरूले जान्नेछन् ।
Bari su san cewa kai, wanda sunansa ne Ubangiji, cewa kai kaɗai ne Mafi Ɗaukaka a bisa dukan duniya.