< भजनसंग्रह 82 >

1 परमेश्‍वर ईश्‍वरीय सभामा खडा हुनुहुन्छ । देवताहरूका माझमा उहाँले न्यायको फैसला गर्नुहुन्छ ।
מזמור לאסף אלהים נצב בעדת אל בקרב אלהים ישפט׃
2 कहिलेसम्म तिमीहरू अन्यायपुर्वक फैसला गर्छौ र दुष्‍टको पक्षलाई कृपा गर्छौ? सेला
עד מתי תשפטו עול ופני רשעים תשאו סלה׃
3 गरीब र अनाथहरूको बचाऊ गर । कष्‍टमा परेकाहरू र दरिद्रहरूको अधिकार कायम गर ।
שפטו דל ויתום עני ורש הצדיקו׃
4 गरीब र खाँचोमा परेकाहरूलाई बचाओ । तिनीहरूलाई दुष्‍टहरूका हातबाट छुट्टाओ ।
פלטו דל ואביון מיד רשעים הצילו׃
5 तिनीहरूले न जान्दछन् न बुझ्छन् । तिनीहरू अन्धकारमा भौंतारिन्छन् । पृथ्वीका सबै जगहरू टुक्रिन्छन् ।
לא ידעו ולא יבינו בחשכה יתהלכו ימוטו כל מוסדי ארץ׃
6 मै भनें, “तिमीहरू देवताहरू हौ र तिमीहरू सबै जना सर्वोच्‍चका छोराहरू हौ ।
אני אמרתי אלהים אתם ובני עליון כלכם׃
7 तापनि तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकमध्‍ये एक जनाझैं ढल्‍नेछौ ।”
אכן כאדם תמותון וכאחד השרים תפלו׃
8 हे परमेश्‍वर, पृथ्वीको न्याय गर्न उठ्नुहोस्, किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ ।
קומה אלהים שפטה הארץ כי אתה תנחל בכל הגוים׃

< भजनसंग्रह 82 >