< भजनसंग्रह 81 >
1 हाम्रो बल परमेश्वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्वरको निम्ति जयजयकार गर ।
For the leader. On the gittith. Of Asaph. Sing aloud to God our strength, shout for joy to the God of Jacob.
2 गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
Raise a song, sound the timbrel, sweet lyre and harp.
3 औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।
On the new moon blow the horn, at the full moon, the day of our festival.
4 किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्वरले दिनुभएको विधान हो ।
For this is a statute for Israel, a ruling of the God of Jacob,
5 जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः
a witness he set up in Joseph, when he marched against Egypt’s land, where he heard an unknown voice say:
6 “मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्ने त्यसका हातहरू मुक्त भए ।
‘I removed from your shoulder the burden, and freed your hands from the basket.
7 तिमीहरूको संकष्टमा तिमीहरूले पुकारा गर्यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला
At your call of distress I delivered you, from the thundercloud I answered you. At Meribah’s waters I tested you. (Selah)
8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए!
‘Listen, my people, to my warning, O Israel, if you would but listen!
9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
There must not be a strange god among you, you must bow to no foreign god.
10 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्यो म भर्नेछु ।
I am the Lord your God who brought you up out of Egypt. Open your mouth, that I fill it.
11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।
‘But my people did not listen to my voice, Israel would have none of me.
12 त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।
So to their own hard hearts I left them, to follow their own devices.
13 ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।
O that my people would listen, that Israel would walk in my ways.
14 तब म तुरुन्तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्नो हात फर्काउँथे ।
Soon would I humble their enemies, and turn my hand on their foes.
15 परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।
Those who hate the Lord would cringe before him in everlasting terror.
16 इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें ।”
But you would I feed with the richest wheat, and with honey from the rock to your heart’s desire.’