< भजनसंग्रह 78 >
1 हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।
Oktató dal. Ászáftól. Figyelj, népem, tanomra, hajtsátok fületek szájam beszédjeire!
2 दृष्टान्तमा म आफ्नो मुख खोल्नेछु । विगतका गुप्त कुराको बारेमा म गीत गाउनेछु ।
Hadd nyitom meg példázattal szájamat, bugyogtatok rejtvényeket a hajdankorból.
3 हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।
Miket hallottunk és megtudtuk és őseink elbeszélték nekünk:
4 तिनीहरूका सन्तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं ।
nem titkoljuk el fiaiktól, az utóbbi nemzedéknek elbeszélve az Örökkévaló dicséreteit, hatalmát s csodás tetteit, melyeket mívelt.
5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।
Fölállított bizonyságot Jákóbban, tant helyezett el Izraélben, melyeket megparancsolt őseinknek, hogy azokat tudassák fiaikkal;
6 उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्मेका छोराछोरी, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्ताहरूलाई ती भन्नुपर्छ ।
azért, hogy tudja az utóbbi nemzedék, a születendő fiak, keljenek föl és beszéljék el az ő fiaiknak:
7 तब तिनीहरूले आफ्नो आसा परमेश्वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
hogy Istenbe vessék bizalmukat, s ne felejtsék el Isten cselekedeteit és parancsolatait óvják meg,
8 तब तिनीहरू आफ्ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्वरप्रति समर्पित र विश्वासयोग्य थिएनन् ।
s ne legyenek mint őseik, makacskodó és engedetlen nemzedék, nemzedék, mely nem szilárdította szívét, s Istenhez nem volt hűséges a lelke.
9 एफ्राइमीहरू धनुले सुसज्जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।
Efraim fiai, fegyverkezett íjászok, megfordultak a harcznak napján.
10 तिनीहरूले परमेश्वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।
Nem őrizték Isten szövetségét és vonakodtak tana szerint járni;
11 तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से ।
elfelejtették cselekményeit és csodatotteit, melyeket láttatott velük.
12 मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।
Őseik előtt tett csodát Egyiptom országában, Czóan mezején.
13 उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
Meghasította a tengert a átvonultatta őket, s megállította gátképpen a vizeket.
14 दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्याउनुभयो ।
Vezette őket felhővel nappal, s egész éjjel tűz fényével.
15 उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।
Sziklákat hasított a pusztában, s itatta bőven mint mélységekből;
16 चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
fakasztott folyó vizeket a szirtből, s aláeresztett folyamokként vizeket.
17 तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।
De még tovább is vétkeztek ellene, engedetlenkedve a Legfelső iránt a sivatagban.
18 आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्वरलाई चुनौति दिए ।
Megkísértették Istent szivükben, eledelt kérvén vágyuknak.
19 तिनीहरू परमेश्वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्वरले हामीलाई उजाड-स्थानमा साँच्चै नै खाना खुवाउन सक्नुहुन्छ र?
Isten ellen beszéltek, mondták: Bír-e Isten asztalt teríteni a pusztában?
20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?”
Lám, ráütött a sziklára és vizek folytak és patakok ömlöttek: kenyeret is bír-e adni, avagy húst készíthet-e népének?
21 जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्यो,
Azért, meghallván az Örökkévaló, fölgerjedt, és tűz gyuladt ki Jákób ellen s harag is szállt föl Izraél ellen;
22 किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
mert nem hittek Istenben és nem bíztak segítségében.
23 तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
Megparancsolta tehát a felhőknek fölül és az ég ajtóit megnyitotta,
24 तिनीहरूलाई खानलाई उहाँले मन्न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो ।
hullatott rájuk mannát, hogy egyenek, égi gabonát adott nekik;
25 मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्त गरी खाना पठाउनुभयो ।
menybeliek kenyerét ette az ember, eleséget küldött nekik jóllakásra.
26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्याउनुभयो ।
Keleti szelet indított az égen és hajtotta erejével a déli szelet;
27 धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
hullatott rájuk húst, mint a por, s mint a tengerek fövenye, szárnyas madarat;
28 तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।
leesni engedte tábora közepébe, az ő hajlékai körül.
29 त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।
Ettek és jóllaktak nagyon és a mire vágyódtak, elhozta nekik.
30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
El sem álltak vágyuktól, még szájukban volt ételük,
31 तब परमेश्वरको क्रोध तिनीहरूमाथि पर्यो र तिमध्येका बलियाहरूलाई मार्यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।
és Isten haragja ellenük fölszállt, öldökölt kövéreik közt és Izraél ifjait legörnyesztette.
32 यति हुँदा पनि, तिनीहरूले निरन्तर पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन् ।
Mindamellett még vétkeztek és nem hittek csodatetteiben;
33 यसकारण परमेश्वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।
így hiábavalóságban fogyatta el napjaikat és esztendeiket rémületben.
34 जब परमेश्वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्सुकतासाथ खोजे ।
Ha ölte őket, keresték őt és újra fölkeresték Istent,
35 परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।
megemlékeztek, hogy Isten a sziklájuk s a legfelső Isten a megváltójuk.
36 तर तिनीहरूले आफ्ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।
És hitegették őt szájukkal, és nyelvükkel hazudtak neki;
37 किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्वासयोग्य थिएनन् ।
de szivük nem volt szilárd iránta s nem voltak hűségesek szövetségében.
38 तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्ट गर्नुभएन । हो, धेरै पल्ट उहाँले आफ्नो रिस थाम्नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।
De ő irgalmas, megbocsát bűnt és nem pusztít, sokszorta elfordítja haragját és nem ébreszti föl egész hevét.
39 तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।
Megemlékezett, hogy bús ők; lehellet, mely elszáll és meg nem tér.
40 उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!
Hányszor engedetlenkedtek iránta a pusztában, búsították a sivatagban!
41 तिनीहरूले परमेश्वरलाई धेरै पल्ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।
Újra megkísértették Istent és Izraél szentjét felbőszítették,
42 तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो,
nem emlékeztek meg kezéről, a napról, melyen kiváltotta őket a szorongatótól,
43 जब उहाँले मिश्रदेशमा आफ्ना डरलाग्दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्ना चमत्कारहरू देखाउनुभयो ।
hogy Egyiptomban tette jeleit és csodáit Czóan mezején.
44 उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्ना नदीहरूका पानी पिउन सकेनन् ।
Vérré változtatta folyamaikat, hogy nem ihatták folyóvizeiket.
45 उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्यो ।
Bocsátott rájuk gyülevész vadat és az emésztette őket, békát és az pusztította őket.
46 तिनीहरूका अन्न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो ।
A tücsöknek adta át termésüket és szerzeményüket a sáskának.
47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो ।
Megölte jégesővel szőlőjüket, s vadfügefáikat jeges kővel.
48 तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्नुभयो ।
Átszolgáltatta a jégesőnek a barmukat és jószágukat a villámoknak.
49 उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्यो । उहाँले क्रोध, रिस र समस्यालाई विपत्ति ल्याउने एजेन्टझैं पठाउनुभयो ।
Bocsátotta rájuk föllobbant haragját: felindulást, haragvást és szorongatást, vészangyalok csapatját.
50 आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो ।
Ösvényt egyengetett haragjának, nem vonta meg a haláltól lelküket és éltüket kiszolgáltatta a dögvésznek;
51 मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।
megvert minden elsőszülöttet Egyiptomban, erők zsengéjét Chám sátraiban.
52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्थानमा बाटो देखाउनुभयो ।
Elindította népét mint a juhokat és vezérelte mint a nyájat a pusztában;
53 सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।
vezette őket bizton és nem rettegtek, ellenségeiket pedig elborította a tenger.
54 त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्त गरेको यो पर्वतमा ल्याउनुभयो ।
Elvitte őket szent határába, a hegyhez, melyet jobbja szerzett.
55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्ना पालहरूमा बसाल्नुभयो ।
Kiűzött előlük nemzeteket, juttatta azokat kiosztott birtokul és lakoztatta sátraikban Izraél törzseit.
56 तापनि तिनीहरूले सर्वोच्च परमेश्वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।
De megkísértették és engedetlenkedtek Isten a Legfelső, iránt és bízonyságaít nem őrizték meg.
57 तिनीहरू अविश्वासयोग्य भए र आफ्ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।
Eltértek és hűtelenkedtek, mint őseik, megfordultak, mint a csalfa íj.
58 किनकि तिनीहरूले उहाँलाई आफ्ना अग्ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
Bosszantották magaslataikkal és faragott képeikkel ingerelték.
59 जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।
Hallotta Isten és fölháborodott és megvetette nagyon Izraélt.
60 शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्नुभयो ।
Ott hagyta Síló hajlékát, a sátrat, ahol emberek közt lakozott.
61 उहाँले आफ्नो सामर्थ्यलाई कसैको कब्जामा सुम्पिदिनुभयो र आफ्नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।
Fogságra adta hatalmát, és dicsőségét szorongatónak a kezébe.
62 उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।
Átszolgáltatta népét a kardnak és fölháborodott birtoka ellen.
63 आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्म पारे, र तिनीहरूका जवान स्त्रीहरूसँग विवाहको गीत थिएन ।
Ifjait tűz emésztette, hajadonai pedig nászéneket nem értek.
64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
Papjai a kard által estek el, és özvegyei nem siratták.
65 अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।
Ekkor fölébredt mint alvó az Úr, mint vitéz, ki felujjong bortól;
66 उहाँले आफ्ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।
s megverte szorongatóit, s meghátráltak; örök gyalázatot juttatott nekik.
67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्नुभएन ।
De megvetette József sátrát s Efraim törzsét nem választotta;
68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्नुभयो ।
hanem kiválasztotta Jehúda törzsét, Czión hegyét, melyet megszeretett.
69 उहाँले आफ्नो पवित्रस्थानलाई स्वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।
És fölépítette, mint a magas eget, szentélyét, mint a földet, melyet örökre megalapított.
70 उहाँले आफ्नो दास दाऊदलाई चुन्नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्याउनुभयो ।
S megválasztotta szolgáját Dávidot s elvette őt a juhok aklai mellől;
71 आफ्ना पाठाहरूका साथमा हिंड्ने भेडीहरूका पछि लाग्नबाट उहाँले तिनलाई ल्याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।
szoptatós juhok mögől hozta el őt, hogy legeltesse népét Jákóbot és Izraélt, az ő birtokát;
72 आफ्नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।
legeltette is őket szívének gáncstalansága szerint, s kezei értelmességével vezette őket.