< भजनसंग्रह 77 >

1 म आफ्‍नो आवाजले परमेश्‍वरमा पुकारा गर्नेछु । म आफ्‍नो आवाजले परमेश्‍वरमा पुकारा गर्नेछु, र मेरो परमश्‍वरले सुन्‍नुहुनेछ ।
למנצח על-ידיתון (ידותון) לאסף מזמור ב קולי אל-אלהים ואצעקה קולי אל-אלהים והאזין אלי
2 मेरो कष्‍टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्‍नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्‍कार गर्‍यो ।
ביום צרתי אדני דרשתי ידי לילה נגרה--ולא תפוג מאנה הנחם נפשי
3 मैले सुस्‍केरा हाल्‍दा मैले परमेश्‍वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला
אזכרה אלהים ואהמיה אשיחה ותתעטף רוחי סלה
4 तपाईंले मेरा आँखा खुल्ला राख्‍नुभयो । म बोल्‍नै नसक्‍ने कष्‍टमा थिएँ ।
אחזת שמרות עיני נפעמתי ולא אדבר
5 मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें ।
חשבתי ימים מקדם-- שנות עולמים
6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्‍ने कोसिस गरें ।
אזכרה נגינתי בלילה עם-לבבי אשיחה ויחפש רוחי
7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
הלעולמים יזנח אדני ולא-יסיף לרצות עוד
8 के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
האפס לנצח חסדו גמר אמר לדר ודר
9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
השכח חנות אל אם-קפץ באף רחמיו סלה
10 मैले भनें, “यो मेरो कष्‍ट होः हामीप्रति सर्वोच्‍चको दाहिने बाहुलीको परिवर्तन हो ।”
ואמר חלותי היא-- שנות ימין עליון
11 तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्‍मका कामहरूका बारेमा म विचार गर्नेछु ।
אזכיר (אזכור) מעללי-יה כי-אזכרה מקדם פלאך
12 तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।
והגיתי בכל-פעלך ובעלילותיך אשיחה
13 हे परमेश्‍वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्‍वरसित कुन परमेश्‍वरको तुलना हुन्छ र?
אלהים בקדש דרכך מי-אל גדול כאלהים
14 तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।
אתה האל עשה פלא הודעת בעמים עזך
15 आफ्नो महान् शक्तिले तपाईंले आफ्‍ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्‍नो विजय दिनुभयो । सेला
גאלת בזרוע עמך בני-יעקב ויוסף סלה
16 हे परमेश्‍वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
ראוך מים אלהים--ראוך מים יחילו אף ירגזו תהמות
17 बादलहरूले पानी तल खन्‍याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
זרמו מים עבות--קול נתנו שחקים אף-חצציך יתהלכו
18 तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्‍यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
קול רעמך בגלגל--האירו ברקים תבל רגזה ותרעש הארץ
19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।
בים דרכך--ושביליך (ושבילך) במים רבים ועקבותיך לא נדעו
20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
נחית כצאן עמך-- ביד-משה ואהרן

< भजनसंग्रह 77 >