< भजनसंग्रह 77 >
1 म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ ।
“For the leader of the music of the Jeduthunites. A psalm of Asaph.” I call upon God; I cry aloud for help; I call upon God, that he would hear me!
2 मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो ।
In the day of my trouble I seek the Lord; In the night is my hand stretched forth continually; My soul refuseth to be comforted.
3 मैले सुस्केरा हाल्दा मैले परमेश्वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला
I remember God, and am disquieted; I think of him, and my spirit is overwhelmed.
4 तपाईंले मेरा आँखा खुल्ला राख्नुभयो । म बोल्नै नसक्ने कष्टमा थिएँ ।
Thou keepest mine eyelids from closing; I am distressed, so that I cannot speak!
5 मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें ।
I think of the days of old, —The years of ancient times.
6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्ने कोसिस गरें ।
I call to remembrance my songs in the night; I meditate in my heart, And my spirit inquireth:
7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
Will the Lord be angry for ever? Will he be favorable no more?
8 के उहाँको करारको विश्वस्तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
Is his mercy utterly withdrawn for ever? Doth his promise fail from generation to generation?
9 के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
Hath God forgotten to be gracious? Hath he in anger shut up his compassion?
10 मैले भनें, “यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।”
Then I say, “This is mine affliction, A change in the right hand of the Most High.”
11 तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्मका कामहरूका बारेमा म विचार गर्नेछु ।
I remember the deeds of Jehovah; I think of thy wonders of old.
12 तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।
I meditate on all thy works, And talk of thy doings.
13 हे परमेश्वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्वरसित कुन परमेश्वरको तुलना हुन्छ र?
Thy ways, O God! are holy! Who so great a god as our God?
14 तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।
Thou art a God who doest wonders; Thou hast manifested thy power among the nations.
15 आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला
With thy strong arm thou didst redeem thy people, —The sons of Jacob and Joseph.
16 हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
The waters saw thee, O God! The waters saw thee, and feared, And the deep trembled.
17 बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
The clouds poured out water, The skies sent forth thunder, And thine arrows flew.
18 तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
Thy thunder roared in the whirlwind; Thy lightning illumined the world; The earth trembled and shook.
19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।
Thy way was through the sea, And thy path through great waters; And thy footsteps could not be found.
20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्याउनुभयो ।
Thou didst lead thy people like a flock, By the hands of Moses and Aaron.