< भजनसंग्रह 75 >
1 हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्मका कामहरूका बारेमा बताउँछन् ।
Kwa mwimbishaji. Mtindo wa “Usiharibu!” Zaburi ya Asafu. Wimbo. Ee Mungu, tunakushukuru, tunakushukuru wewe, kwa kuwa jina lako li karibu; watu husimulia matendo yako ya ajabu.
2 तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
Unasema, “Ninachagua wakati maalum; ni mimi nihukumuye kwa haki.
3 पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
Wakati dunia na watu wake wote inapotetemeka, ni mimi ninayezishikilia nguzo zake imara.
4 मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।
Kwa wale wenye majivuno ninasema, ‘Msijisifu tena,’ kwa wale waovu, ‘Msiinue pembe zenu.
5 आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”
Msiinue pembe zenu dhidi ya mbingu; msiseme kwa shingo zilizonyooshwa.’”
6 उचाल्ने कुरा पूर्वबाट वा, पश्चिमबाट होइन र त्यो उजाडस्थानबाट आउने होइन ।
Hakuna yeyote atokaye mashariki wala magharibi au kutoka jangwani awezaye kumkweza mwanadamu.
7 तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।
Bali Mungu ndiye ahukumuye: Humshusha huyu na kumkweza mwingine.
8 किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
Mkononi mwa Bwana kuna kikombe kilichojaa mvinyo unaotoka povu uliochanganywa na vikolezo; huumimina, nao waovu wote wa dunia hunywa mpaka tone la mwisho.
9 तर तपाईंले भन्नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्वरको स्तुति म गाउनेछु ।
Bali mimi, nitatangaza hili milele; nitaimba sifa kwa Mungu wa Yakobo.
10 उहाँ भन्नुहुन्छ, “दुष्टहरूका सबै सिङलाई म काट्नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”
Nitazikatilia mbali pembe za waovu wote, bali pembe za wenye haki zitainuliwa juu.