< भजनसंग्रह 75 >
1 हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्मका कामहरूका बारेमा बताउँछन् ।
For the music director. A psalm of Asaph. According to “Do Not Destroy.” A song. We thank you, God, we thank you because you are close beside us. People tell about the wonderful things you have done.
2 तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।
God says, “When the time I have decided comes, I will judge fairly.
3 पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला
When the earth quakes, and all its inhabitants tremble, I am the one who holds it steady. (Selah)
4 मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।
To those who boast I say, ‘Don't boast!’ I tell the wicked, ‘Don't be proud!’
5 आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”
No, don't be proud and arrogant, insulting heaven.”
6 उचाल्ने कुरा पूर्वबाट वा, पश्चिमबाट होइन र त्यो उजाडस्थानबाट आउने होइन ।
For no one, from the east to the west, or from the wilderness, should think so highly of themselves.
7 तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।
God is the one who decides—who he will bring down and who he will lift up.
8 किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र यसलाई खन्याउनुहुन्छ । निश्चय नै पृथ्वीका सबै दुष्टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।
For the Lord has a cup in his hand, full of bubbling wine mixed with spices. He pours it out, and all the wicked drink it deeply, down to the last drop.
9 तर तपाईंले भन्नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्वरको स्तुति म गाउनेछु ।
But I will speak about you forever. I will sing praises to the God of Jacob.
10 उहाँ भन्नुहुन्छ, “दुष्टहरूका सबै सिङलाई म काट्नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”
For God says, “I will break the power of the wicked; but I will give my support to those who do what is good.”