< भजनसंग्रह 74 >
1 हे परमेश्वर, तपाईंले हामीलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ? तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्धमा दन्किन्छ?
Зашто се, Боже, срдиш на нас дуго; дими се гнев Твој на овце паше Твоје?
2 आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
Опомени се сабора свог, који си стекао од старине, искупио себи у наследну државу, горе Сиона, на којој си се населио.
3 आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्पूर्ण भग्नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
Подигни стопе своје на старе развалине: све је разрушио непријатељ у светињи.
4 तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
Ричу непријатељи Твоји на месту сабора Твојих, своје обичаје постављају место наших обичаја.
5 बञ्चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।
Видиш, они су као онај који подиже секиру на сплетене гране у дрвета.
6 तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्चरो र घनहरूले फुटाए ।
Све у њему што је резано разбише секирама и брадвама.
7 तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
Огњем сажегоше светињу Твоју; на земљу обаливши оскврнише стан имена Твог.
8 तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
Рекоше у срцу свом: Потримо их сасвим. Попалише сва места сабора Божијих на земљи.
9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्दैन ।
Обичаја својих не видимо, нема више пророка, и нема у нас ко би знао докле ће то трајати.
10 हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
Докле ће се, Боже, ругати насилник? Хоће ли довека противник пркосити имену Твом?
11 आफ्नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्नुहुन्छ? आफ्नो दाहिने हात आफ्नो खल्तीबाट झिक्नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
Зашто устављаш руку своју и десницу своју? Пружи из недара својих, и истреби их.
12 तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
Боже, царе мој, који од старине твориш спасење посред земље!
13 तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्तुहरूका शिरहरू तोड्नुभयो ।
Ти си силом својом раскинуо море, и сатро главе воденим наказама.
14 तपाईंले लिव्यातन्को शिर कुच्याउनुभयो । तपाईंले त्यसलाई उजास्थानमा बस्नेहरूलाई खुवाउनुभयो ।
Ти си размрскао главу крокодилу, дао га онима који живе у пустињи да га једу.
15 तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
Ти си отворио изворе и потоке, Ти си исушио реке које не пресишу.
16 दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्नुभयो ।
Твој је дан и Твоја је ноћ, Ти си поставио звезде и сунце.
17 तपाईंले पृथ्वीको सबै सिमाना तोक्नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
Ти си утврдио све крајеве земаљске, лето и зиму Ти си уредио.
18 हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
Опомени се тога, непријатељ се руга Господу, и народ безумни не мари за име Твоје.
19 तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
Не дај зверима душу грлице своје, немој заборавити стадо страдалаца својих засвагда.
20 आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।
Погледај на завет; јер су све пећине земаљске пуне станова безакоња.
21 थिचोमिचोमा परेकाहरू लाजमा परेर फर्किने नतुल्याउनुहोस् । गरीब र थिचोमिचोमा परेकाहरूले तपाईंको नाउँको स्तुति गरून् ।
Невољник нек се не врати срамотан, ништи и убоги нека хвале име Твоје.
22 हे परमेश्वर, उठ्नुहोस् । तपाईंको आफ्नो इज्जतको रक्षा गर्नुहोस् । मूर्खहरूले दिनभरि कसरी तपाईंको अपमान गर्छन् सम्झनुहोस् ।
Устани, Боже, брани ствар своју, опомени се како Ти се безумник руга сваки дан!
23 तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।
Не заборави обести непријатеља својих, вике, коју једнако дижу противници Твоји!