< भजनसंग्रह 72 >
1 हे परमेश्वर, राजालाई आफ्नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
A psalm of Solomon. Give the king your righteous decrees, God, your righteousness to the king's son.
2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
May he judge your people with righteousness and your poor with justice.
3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्न गरून् ।
May the mountains produce peace for the people; may the hills produce righteousness.
4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
May he judge the poor of the people; may he save the children of the needy and break in pieces the oppressor.
5 सूर्य रहेसम्म र चद्रमा रहुन्जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
May they honor you while the sun endures, and as long as the moon lasts throughout all generations.
6 काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
May he come down like rain on the mown grass, like showers that water the earth.
7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्म त्यहाँ प्रशस्त शान्ति होस् ।
May the righteous flourish in his days, and may there be an abundance of peace till the moon is no more.
8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
May he have dominion from sea to sea, and from the River to the ends of the earth.
9 उजाडस्थानमा बस्नेहरू उनको सामु घोप्टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
May those who live in the wilderness bow down before him; may his enemies lick the dust.
10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
May the kings of Tarshish and of the islands render tribute; may the kings of Sheba and Seba offer gifts.
11 वास्तवमा, सबै राजा उनको सामु घोप्टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
Indeed, may all kings fall down before him; may all nations serve him.
12 उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
For he helps the needy person who cries out and the poor person who has no other helper.
13 उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
He has pity on the poor and needy, and he saves the lives of needy people.
14 उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्टिमा तिनीहरूका रगत बहुमूल्य हुन्छ ।
He redeems their lives from oppression and violence, and their blood is precious in his sight.
15 उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्वरले उनलाई दिनभरि आशिष् देऊन् ।
May he live! May the gold of Sheba be given to him. May people always pray for him; may God bless him all day long.
16 देशमा अन्नको प्रशस्त होस् । पहाड टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
May there be abundance of grain in the land; on the mountaintops may their crops wave. May the fruit of it be like Lebanon; may the people flourish in the cities like the grass of the field.
17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
May his name endure forever; may his name continue as long as the sun; may people be blessed in him; may all nations call him blessed.
18 परमप्रभु परमेश्वर, इस्राएलको परमेश्वर धन्यको होऊन्, जसले मात्र अचम्मका कामहरू गर्नुहुन्छ ।
May Yahweh God, the God of Israel, be blessed, who alone does wonderful things.
19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
May his glorious name be blessed forever, and may the whole earth be filled with his glory. Amen and Amen.
20 यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।
The prayers of David son of Jesse are finished.