< भजनसंग्रह 72 >

1 हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
Salimo la Solomoni. Patsani mwana wa mfumu nzeru zanu zoweruzira mwa chilungamo, Inu Mulungu mupatseni mwana wa mfumu chilungamo chanu.
2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
Iye adzaweruza anthu anu mwachilungamo, anthu anu ozunzika mosakondera.
3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।
Mapiri adzabweretsa chuma kwa anthu anu, timapiri tidzabweretsa zipatso zachilungamo.
4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
Iye adzateteza ozunzika pakati pa anthu ndi kupulumutsa ana a anthu osowa; adzaphwanya ozunza anzawo.
5 सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
Adzakhala ndi moyo pa mibado yonse, nthawi zonse pamene dzuwa ndi mwezi zikuwala.
6 काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
Iye adzakhala kugwa kwa mvula pa minda yolimidwa ngati mivumbi yothirira dziko lapansi.
7 उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
Mʼmasiku a munthu wolungama adzakhazikika; chuma chidzachuluka mpaka mwezi utaleka kuwala.
8 उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
Iye adzalamulira kuchokera ku nyanja ina mpaka ku nyanja ina ndiponso kuchokera ku mtsinje mpaka ku malekezero a dziko lapansi.
9 उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
Mafuko a mʼchipululu adzawerama pamaso pake ndipo adani ake adzanyambita fumbi.
10 तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
Mafumu a ku Tarisisi ndi a ku zilumba zakutali adzabweretsa mitulo kwa iye, mafumu a ku Seba ndi Seba adzapereka mphatso kwa iyeyo.
11 वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
Mafumu onse adzamuweramira ndipo mitundu yonse idzamutumikira.
12 उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
Pakuti iye adzawombola wosowa amene akulira, wozunzika amene alibe wina womuthandiza.
13 उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
Iye adzachitira chifundo anthu ofowoka ndi anthu osowa ndi kupulumutsa osowa ku imfa.
14 उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्‍टिमा तिनीहरूका रगत बहुमूल्य हुन्‍छ ।
Iye adzalanditsa iwo ku mazunzo ndi chiwawa pakuti magazi awo ndi amtengo wapatali pamaso pake.
15 उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् ।
Iye akhale ndi moyo wautali; golide ochokera ku Seba apatsidwe kwa iye. Anthu amupempherere nthawi zonse ndi kumudalitsa tsiku lonse.
16 देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
Mulole kuti tirigu achuluke mʼdziko lonse; pamwamba pa mapiri pakhale tirigu. Zipatso zake zichuluke ngati za ku Lebanoni; zichuluke ngati udzu wakuthengo
17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
Dzina lake likhazikike kwamuyaya, lipitirire kukhala monga momwe limakhalira dzuwa. Mitundu yonse idzadalitsika kudzera mwa iye ndipo iwo adzamutcha iye wodala.
18 परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ ।
Matamando akhale kwa Yehova Mulungu, Mulungu wa Israeli amene Iye yekha amachita ntchito zodabwitsa.
19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
Matamando akhale ku dzina lake laulemerero kwamuyaya dziko lonse lapansi lidzaze ndi ulemerero wake. Ameni ndi Ameni.
20 यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।
Uku ndiko kumaliza kwa mapemphero a Davide mwana wa Yese.

< भजनसंग्रह 72 >