< भजनसंग्रह 71 >

1 हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् ।
Ao Awurade, wo mu na me dwane hinta; mma mʼanim ngu ase da.
2 मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्‍नुहोस् । तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस् ।
Wo tenenee no enti, yi me na gye me; tie me na gye me nkwa.
3 मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ । तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ ।
Yɛ me nkwagyeɛ botan faako a mɛtumi akɔ daa; hyɛ ma wɔmmɛgye me nkwa, na wo ne me botan ne mʼaban.
4 हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् ।
Ao me Onyankopɔn, gye me firi amumuyɛfoɔ nsam, gye me firi nnebɔneyɛfoɔ ne atirimuɔdenfoɔ nsam.
5 किनकि हे परमप्रभु परमेश्‍वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु ।
Na woayɛ mʼanidasoɔ, Ao Asafo Awurade, mʼahotɔsoɔ firi mʼababunu berɛ mu.
6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
Ɛfiri awoɔ mu, mede me ho ato wo so; wo na woyii me firii me maame yafunu mu. Mɛkamfo wo daa.
7 धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ ।
Mayɛ nhwɛsodeɛ ama bebree, nanso wo ne me dwanekɔbea denden.
8 मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ ।
Wo nkamfo ahyɛ mʼanom ma, mekamfo wʼanimuonyam da mu nyinaa.
9 मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्‍नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्‍नुहोस् ।
Nto me ntwene ɛberɛ a mabɔ akɔkoraa; mʼahoɔden sa me mu a, nnya me.
10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।
Ɛfiri sɛ mʼatamfoɔ kasa tia me wɔn a wɔtwɛn sɛ wɔbɛkum me no bom pam me tiri so.
11 तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
Wɔka sɛ, “Onyankopɔn agya no mu; momma yɛnti no na yɛnkyere no, na obiara nni hɔ a ɔbɛgye no.”
12 हे परमेश्‍वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्‍वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
Ao Onyankopɔn, mfiri me nkyɛn nkɔ akyiri; Ao me Onyankopɔn, yɛ ntɛm bɛboa me.
13 तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्‍याउन खोज्‍छन् ।
Ma wɔn a wɔbɔ me soboɔ no nsɛe animguaseɛ mu; wɔn a wɔpɛ sɛ wɔpira me no ma ahohora ne animguaseɛ nkata wɔn so.
14 तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।
Nanso me deɛ, mɛnya anidasoɔ daa; mɛkɔ so makamfo wo.
15 मैले तपाईंको धार्मिकता र तपाईंको मुक्‍तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्‍नेछ ।
Mɛka wo tenenee ho asɛm, ne wo nkwagyeɛ da mu nyinaa, nanso mennim ano.
16 म परमप्रभु परमेश्‍वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।
Ao Otumfoɔ Awurade, mɛba abɛpae mu aka wo nnwuma akɛseɛ no; mɛpae mu aka wo nko ara tenenee akyerɛ.
17 हे परमेश्‍वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्‍मका कामहरू घोषणा गर्नेछु ।
Ao Onyankopɔn, ɛfiri mʼababunu berɛ na wokyerɛkyerɛɛ me, na ɛbɛsi ɛnnɛ yi, meka wʼanwanwadeɛ a woayɛ kyerɛ.
18 वास्तवमा, हे परमेश्‍वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्‍नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
Mpo sɛ mebɔ akɔkoraa na mefu dwono a, Ao Onyankopɔn, nnya me, kɔsi sɛ mɛka wo tumi ho asɛm akyerɛ nkyirimma, ne wo kɛseyɛ akyerɛ wɔn a wɔbɛba nyinaa.
19 हे परमेश्‍वर, तपाईंको धार्मिकता धेरै उच्‍च छ । हे परमेश्‍वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?
Ao Onyankopɔn, wo tenenee duru sorosoro, wo a woayɛ nneɛma akɛseɛ. Ao Onyankopɔn, hwan na ɔte sɛ wo?
20 तपाईंले मलाई धेरै कष्‍टहरू देख्‍न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।
Mmom woama mahunu ɔhaw bebree a ɛyɛ yea; nanso wobɛma me nkwa bio; na wobɛyi me bio afiri asase ase.
21 तपाईंले मेरो इज्‍जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् ।
Wobɛhyɛ me animuonyam bebree na woakyekye me werɛ bio.
22 हे मेरो परमेश्‍वर, तपाईंको सत्‍यताको निम्‍ति वीणा बजाएर म तपाईंलाई धन्‍यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।
Mede sankuo bɛkamfo wo Ao me Onyankopɔn, wo tenenee enti mɛto wʼayɛyi dwom wɔ sankuten so Ao Israel Kronkronni.
23 जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ ।
Mʼanofafa de anigyeɛ bɛteam ɛberɛ a meto dwom kamfo woɔ, me a woagye me no.
24 मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ । किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्‍याउन खोजे ।
Me tɛkrɛma bɛka wo tenenee nnwuma da mu nyinaa, ɛfiri sɛ wɔn a wɔpɛ sɛ wɔha me no kɔ animguaseɛ ne basabasayɛ mu.

< भजनसंग्रह 71 >