< भजनसंग्रह 71 >
1 हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् ।
David psalmus filiorum Ionadab et priorum captivorum in te Domine speravi non confundar in aeternum
2 मलाई बचाउनुहोस् र तपाईंको धार्मिकतामा मलाई सुरक्षित राख्नुहोस् । तपाईंको काम मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस् ।
in iustitia tua libera me et eripe me inclina ad me aurem tuam et salva me
3 मेरो निम्ति चट्टान हुनुहोस् जहाँ म सधैं जान सकूँ । तपाईंले मलाई बचाउन आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ ।
esto mihi in Deum protectorem et in locum munitum ut salvum me facias quoniam firmamentum meum et refugium meum es tu
4 हे परमेश्वर, दुष्टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् ।
Deus meus eripe me de manu peccatoris de manu contra legem agentis et iniqui
5 किनकि हे परमप्रभु परमेश्वर, तपाईं मेरो आसा हुनुहुन्छ । मेरो बालक हुँदादेखि नै मैले तपाईंमा भरोसा राखेको छु ।
quoniam tu es patientia mea Domine Domine spes mea a iuventute mea
6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
in te confirmatus sum ex utero de ventre matris meae tu es protector meus in te cantatio mea semper
7 धेरै जना मानिसका निम्ति म उदाहरण भएको छु । तपाईं मेरो बलियो शरण हुनुहुन्छ ।
tamquam prodigium factus sum multis et tu adiutor fortis
8 मेरो मुख तपाईंको प्रशंसाले, दिनभरि नै तपाईंको आदरले भरिनेछ ।
repleatur os meum laude ut cantem gloriam tuam tota die magnitudinem tuam
9 मेरो वृद्ध अवस्थामा मलाई टढा नफाल्नुहोस् । मेरो बल कमजोर हुँदा मलाई नत्याग्नुहोस् ।
non proicias me in tempore senectutis cum deficiet virtus mea ne derelinquas me
10 किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्यान लिन खोज्नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।
quia dixerunt inimici mei mihi et qui custodiebant animam meam consilium fecerunt in unum
11 तिनीहरू भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”
dicentes Deus dereliquit eum persequimini et conprehendite eum quia non est qui eripiat
12 हे परमेश्वर, मबाट टाढा नहुनुहोस् । हे मेरो परमेश्वर, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
Deus ne elongeris a me Deus meus in adiutorium meum respice
13 तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्याउन खोज्छन् ।
confundantur et deficiant detrahentes animae meae operiantur confusione et pudore qui quaerunt mala mihi
14 तर म सधैं तपाईंमा आसा गर्नेछु र म तपाईंको झन् धेरै स्तुति गाउनेछु ।
ego autem semper sperabo et adiciam super omnem laudem tuam
15 मैले तपाईंको धार्मिकता र तपाईंको मुक्तिलाई नबुझे तापनि, मेरो मुखले दिनभरि त्यसैको बारेमा भन्नेछ ।
os meum adnuntiabit iustitiam tuam tota die salutem tuam quoniam non cognovi litteraturam
16 म परमप्रभु परमेश्वरको शक्तिशाली कामहरूसँगै आउनेछु । म तपाईंको, केवल तपाईंको धार्मिकताको वर्णन गर्नेछु ।
introibo in potentiam Domini Domine memorabor iustitiae tuae solius
17 हे परमेश्वर, तपाईंले मलाई मेरो युवावस्थादेखि नै सिकाउनुभएको छ । अहिले पनि म तपाईंको अचम्मका कामहरू घोषणा गर्नेछु ।
Deus docuisti me ex iuventute mea et usque nunc pronuntiabo mirabilia tua
18 वास्तवमा, हे परमेश्वर, म वृद्ध हुँदा र मेरो कपाल फुल्दा पनि मलाई नत्याग्नुहोस्, जसरी मैले तपाईंको सामर्थ्य अर्को पुस्तालाई, तपाईंको शक्ति आउनेवाला हरेकलाई घोषणा गरिरहेको छु ।
et usque in senectam et senium Deus ne derelinquas me donec adnuntiem brachium tuum generationi omni quae ventura est potentiam tuam
19 हे परमेश्वर, तपाईंको धार्मिकता धेरै उच्च छ । हे परमेश्वर, तपाईंले महान् कुराहरू गर्नुभएको छ, तपाईंजस्तो को छ र?
et iustitiam tuam Deus usque in altissima quae fecisti magnalia Deus quis similis tibi
20 तपाईंले मलाई धेरै कष्टहरू देख्न दिनुभयो तपाईंले नै हामीलाई फेरि जागृत पार्नुहुनेछ र हामीलाई पृथ्वीको गहिराइबाट फेरि माथि ल्याउनुहुनेछ ।
quantas ostendisti mihi tribulationes multas et malas et conversus vivificasti me et de abyssis terrae iterum reduxisti me
21 तपाईंले मेरो इज्जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् ।
multiplicasti magnificentiam tuam et conversus consolatus es me
22 हे मेरो परमेश्वर, तपाईंको सत्यताको निम्ति वीणा बजाएर म तपाईंलाई धन्यवाद चढाउनेछु । हे इस्राएलको परम पवित्र, सारङ्गी बजाएर म तपाईंको स्तुति गाउनेछु ।
nam et ego confitebor tibi in vasis psalmi veritatem tuam Deus psallam tibi in cithara Sanctus Israhel
23 जब म तपाईंको प्रशंसाका गीतहरू गाउनेछु, तब मेरा ओठहरू आनन्दले कराउनेछन्— मेरो प्राणले पनि जसलाई तपाईंले उद्धार गर्नुभएको छ ।
exultabunt labia mea cum cantavero tibi et anima mea quam redemisti
24 मेरो जिब्रोले पनि दिनभरि तपाईंको धार्मिकताको बारेमा बताउनेछ । किनकि तिनीहरू लाजमा र गोलमाल पारिएका छन् जसले मलाई चोट पुर्याउन खोजे ।
sed et lingua mea tota die meditabitur iustitiam tuam cum confusi et reveriti fuerint qui quaerunt mala mihi