< भजनसंग्रह 70 >

1 हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।
To the Overseer, by David. — 'To cause to remember.' O God, to deliver me, O Jehovah, for my help, haste.
2 मेरो ज्‍यान लिन खोज्‍नेहरू लज्‍जित र अपमानित होऊन् । तिनीहरूलाई फर्काइयोस् र अनादर गरियोस्, जो मेरो पीडामा आनन्‍दित हुन्‍छन् ।
Let them be ashamed and confounded Who are seeking my soul, Let them be turned backward and blush Who are desiring my evil.
3 तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, “आहा, आहा!”
Let them turn back because of their shame, Who are saying, 'Aha, aha.'
4 तपाईंको खोजी गर्नेहरू आनन्‍दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्‍वरको स्तुति होस् ।”
Let all those seeking Thee joy and be glad in Thee, And let those loving Thy salvation Say continually, 'God is magnified.'
5 तर म गरीब र दरिद्र छु । हे परमेश्‍वर, मकहाँ चाँडो आउनुहोस् । तपाईं मेरो सहायता हुनुहुन्छ र तपाईंले मलाई छुटाउनुहुन्छ । हे परमप्रभु, ढिलो नगर्नुहोस् ।
And I [am] poor and needy, O God, haste to me, My help and my deliverer [art] Thou, O Jehovah, tarry Thou not!

< भजनसंग्रह 70 >