< भजनसंग्रह 7 >
1 हे परमप्रभु मेरा परमेश्वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।
“A psalm of David, which he sang to Jehovah, on account of the reproaches of Cush the Benjamite.” O Jehovah, my God! to thee do I look for help; Save me from them that persecute me, and deliver me!
2 नत्र तिनीहरूले मलाई सिंहले झैं टुक्रा-टुक्रा पार्नेछन्, मलाई सुरक्षा दिने कोही नहुँदा मलाई च्यातेर टुक्रा गर्नेछन् ।
Lest mine enemy tear me like a lion; Lest he rend me in pieces, while there is none to help.
3 हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
O Jehovah, my God! if I have done this, —If there be iniquity upon my hands,
4 मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्नुहोस् ।
If I have rendered evil to my friend, Or have despoiled him that without cause is mine enemy, —
5 तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
Let my adversary pursue and take me; Let him trample me to the ground, And lay me prostrate in the dust! (Pause)
6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
Arise, O LORD! in thine anger; Lift thyself up against the rage of mine enemies; Awake for me, ordain judgment!
7 देशहरू तपाईंको वरिपरि भेला हुन्छन् । तिनीहरूमाथि फेरि पनि आफ्नो उचित स्थान लिनुहोस् ।
Let the assembly of the nations compass thee about, And on their account return to the height!
8 हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्च, म धर्मी र निर्दोष छु ।
The LORD judgeth the nations; Judge me, O LORD! according to my righteousness, And requite me according to my integrity!
9 दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
Oh, let the wickedness of the wicked be at an end; But establish the righteous! For the righteous God trieth the heart and the reins.
10 मेरो ढाल परमेश्वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्छ ।
My shield is with God, Who saveth the upright in heart.
11 परमेश्वर धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्वर जो हरेक दिन क्रोधित हुनुहुन्छ ।
God is a righteous judge, And a God who is angry every day.
12 मानिसले पश्चाताप गर्दैन भने, परमेश्वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्छ, र आफ्नो धनु तयार पार्नुहुन्छ ।
If he do not desist, He sharpeneth his sword; He bendeth his bow, and maketh it ready;
13 त्यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्छ । उहाँले आफ्ना वाणहरूलाई अग्नीवाण बनाउनुहुन्छ ।
He prepareth for him the instruments of death; He shooteth his burning arrows.
14 त्यस्तो व्यक्तिको बारेमा विचार गर जसका कल्पना दुष्टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।
Behold, he travailed with iniquity, And conceived mischief, But hath brought forth disappointment!
15 त्यसले खाडल खन्छ र त्यसलाई गहिरो बनाउँछ अनि त्यसले बनाएको खाल्टोमा खस्छ ।
He made a pit and digged it. And is fallen into the ditch which he made.
16 त्यसका आफ्नै विनाशपूर्ण योजनाहरू त्यसका आफ्नै शिरमाथि पर्छन्, किनभने त्यसको हिंसा त्यसको आफ्नै शिरमाथि आउँछ ।
His mischief returneth upon his own head, And his violence cometh down upon his own skull.
17 परमप्रभुको न्यायको निम्ति म उहाँलाई धन्यवाद दिनेछु । सर्वोच्च परमप्रभुको निम्ति म प्रशंसाको गीत गाउनेछु ।
I will praise the LORD according to his righteousness; I will sing praise to the name of the LORD most high.