< भजनसंग्रह 68 >
1 परमेश्वर उठ्नुभएको होस् । उहाँका शत्रुहरू तितरबितर होऊन् । उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून् ।
Mungu ainuke, maadui zake watawanyike; pia wale wamchukiao wakimbie mbele zake.
2 जसरी धुवाँ उडेर जान्छन्, त्यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्छ, त्यसरी नै दुष्टहरू परमेश्वरको उपस्थितिमा नाश होऊन् ।
Kama moshi uondoshwavyo, hivyo uwaondoshe wao; kama nta iyeyukavo mbele ya moto, hivyo waovu waangamizwe uweponi mwa Mungu.
3 तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्वरको सामु ज्यादै खुसी होऊन् । तिनीहरू आनन्दित होऊन् र खुसी होऊन् ।
Bali wenye haki wafurahi; washangilie mbele za Mungu; washangilie na kufurahi.
4 परमेश्वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्दित होओ ।
Mwimbieni Mungu! Lisifuni jina lake! Msifuni yule aendeshaye farasi kwenye tambarare ya bonde la Mto Yordani! Yahwe ni jina lake! Shangilieni mbele zake!
5 अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ ।
Baba wa yatima, na mwamuzi wa wajane, ni Mungu anayeishi mahali patakatifu.
6 एक्लो व्यक्तिलाई परमेश्वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।
Mungu huwaweka wakiwa katika familia; yeye huwafungua wafungwa kwa kuimba bali waasi huishi katika ardhi kavu.
7 हे परमेश्वर, जब तपाईं आफ्ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्थानमा हिंड्नुभयो, सेला
Mungu, wewe ulipoenda mbele ya watu wako, ulipotembea kupitia jangwani, (Selah)
8 तब पृथ्वी काम्यो । परमेश्वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्वरको उपस्थितिमा, इस्राएलका परमेश्वर, परमेश्वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो ।
nchi ilitetemeka; mbingu pia zilidondosha mvua katika uwepo wa Mungu, uweponi mwa Mungu wakati alipokuja Sinai, uweponi mwa Mungu, Mungu wa Israeli.
9 हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
Wewe, Mungu, ulituma mvua nyingi; uliuimarisha urithi wako wakati ulipokuwa umechoka.
10 तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।
Watu wako waliishi humo; Wewe, Mungu, uliutoa kwa wema wako kwa maskini.
11 परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।
Bwana alitoa amri, na wale walio zitangaza walikuwa ni jeshi kuu.
12 फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्त्रीहरूले लुटको माल बाँड्छन्
Wafalme wa majeshi wanakimbia, wanakimbia, na wanawake wakisubiri nyumbani kuvigawana wao na familia zao vilivyotekwa nyara.
13 चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्यौ?
Njiwa walio vikwa fedha wakiwa na mabawa ya njano ya dhahabu. Wakati baadhi ya watu wakikaa kati ya mifugo ya kondoo, kwa nini umefanya haya?
14 सर्वशक्तिमान्ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो ।
Mwenyezi Mungu aliwatawanya Wafalme huko, ilikuwa kama vile wakati wa theluji juu ya Mlima Salmoni.
15 बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।
Mlima mkubwa ni milima wa mji wa Bashani; mlima mrefu ni mlima wa mji wa Bashani.
16 हे उच्च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्यो पहाड जसमा परमेश्वर बस्ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्यसमा बास गर्नुहुन्छ ।
Ewe mlima mrefu wa nchi, kwa nini unatazama kwa jicho la husuda, kwenye mlima ambao Mungu ameutaka kwa ajili ya mahali ambapo yeye ataishi? Hakika, Yahwe ataishi humo milele.
17 परमेश्वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
Magari ya Mungu ni ishirini elfu, maelfu juu ya maelfu; Bwana yu kati yao katika mahari patakatifu, kama katika Sinai.
18 तपाईं उच्चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
Wewe umepaa juu; uliwaongoza mateka; umepokea zawadi kutoka kati ya watu, hata kutoka kwa wale waliopigana dhidi yako, ili kwamba wewe, Yahwe Mungu, uweze kuishi huko.
19 परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला
Abarikiwe Bwana, atubebeaye mizigo yetu, Mungu ambaye ni wokovu wetu. (Selah)
20 हाम्रो परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्वर नै हुनुहुन्छ ।
Mungu wetu ni Mungu aokoaye; Yahwe Bwana ni yule awezaye kutuokoa sisi dhidi ya kifo.
21 तर परमेश्वरले आफ्नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्नेहरूका कपाल भएका खप्परमा हिर्काउनुहुनेछ ।
Lakini Bwana atapiga vichwa vya adui zake, mpaka kwenye ngozi ya kichwa yenye nywele ya wale watembeao katika makosa dhidi yake.
22 परमप्रभुले भन्नुभयो, “म आफ्ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु ।
Bwana alisema, “Nitawarudisha adui zangu kutoka Bashani; nitawarudisha kutoka katika kina cha bahari
23 ताकि आफ्ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”
ili kwamba upate kuwaangamiza adui zako, ukichovya mguu wako katika damu, na ili kwamba ndimi za mbwa wako zipate mlo wao kutoka kwa adui zenu.”
24 हे परमेश्वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् ।
Mungu, wameona maandamano yako, maandamano ya Mungu wangu, Mfalme wangu, kwenye mahali patakatifu.
25 पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।
Waimbaji walitangulia, walifuatiwa na wapiga muziki, na katikati walikuwa wanawali wakicheza ngoma.
26 सभाहरूमा परमेश्वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।
Mtukuzeni Mungu katika kusanyiko; msifuni Yahwe, ninyi ukoo wa kweli wa Israeli.
27 त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्तालीका अगुवाहरू छन् ।
Kuna Benjamini kwanza, kabila dogo, kisha viongozi wa Yuda na watu wao, viongozi wa Zabuloni na viongozi wa Naftali.
28 हे इस्राएल, तेरो परमेश्वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
Mungu wenu, Israeli, ameamuru nguvu zenu; uzifunue kwetu nguvu zako, Mungu, kama ulivyo zifunua wakati uliopita.
29 यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।
Uzifunue nguvu zako kwetu toka katika hekalu la Yerusalemu, ambako wafalme huleta zawadi kwako.
30 नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
Pigeni kelele katika vita dhidi ya wanyama wa porini katika mianzi, dhidi ya watu, lile kundi la mafahari na ndama. Wafedhehesheni na kuwalazimisha wawaletee zawadi; watawanyeni watu wapendao kupigana vita.
31 मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्वरको नजिक जान हतार गर्नेछ ।
Wakuu watatoka katika Misri; Ethiopia itafanya haraka kuufikisha mkono wake kwa Mungu.
32 हे पृथ्वीका राज्यहरू हो, परमेश्वरको निम्ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।
Mwimbieni Mungu, enyi falme za nchi; (Selah) mwimbieni sifa Yahwe.
33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
Kwake yeye apitaye juu ya mbingu za mbingu, zilizokuwepo tangu zama za kale; tazama, yeye hupiga kelele kwa nguvu
34 परमेश्वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्वर्य छ र उहाँको बल आकाशमा छ ।
Tangazeni kuwa Mungu ni mwenye nguvu; enzi yake iko juu ya Israeli, na nguvu zake ziko angani.
35 हे परमेश्वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।
Mungu, mahali pako patakatifu panatisha; Mungu wa Israeli, yeye huwapa watu wake nguvu na uweza. Atukuzwe Mungu.