< भजनसंग्रह 68 >

1 परमेश्‍वर उठ्नुभएको होस् । उहाँका शत्रुहरू तितरबितर होऊन् । उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून् ।
大衛的詩歌,交與伶長。 願上帝興起,使他的仇敵四散, 叫那恨他的人從他面前逃跑。
2 जसरी धुवाँ उडेर जान्‍छन्, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन् ।
他們被驅逐,如煙被風吹散; 惡人見上帝之面而消滅,如蠟被火鎔化。
3 तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् । तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन् ।
惟有義人必然歡喜, 在上帝面前高興快樂。
4 परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।
你們當向上帝唱詩,歌頌他的名; 為那坐車行過曠野的修平大路。 他的名是耶和華, 要在他面前歡樂!
5 अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ ।
上帝在他的聖所作孤兒的父, 作寡婦的伸冤者。
6 एक्‍लो व्‍यक्‍तिलाई परमेश्‍वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।
上帝叫孤獨的有家, 使被囚的出來享福; 惟有悖逆的住在乾燥之地。
7 हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो, सेला
上帝啊,你曾在你百姓前頭出來, 在曠野行走。 (細拉)
8 तब पृथ्वी काम्यो । परमेश्‍वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा, इस्राएलका परमेश्‍वर, परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्‍टि खन्यायो ।
那時,地見上帝的面而震動,天也落雨; 西奈山見以色列上帝的面也震動。
9 हे परमेश्‍वर, तपाईंले प्रशस्‍त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो ।
上帝啊,你降下大雨; 你產業以色列疲乏的時候,你使他堅固。
10 तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्‍वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।
你的會眾住在其中; 上帝啊,你的恩惠是為困苦人預備的。
11 परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।
主發命令, 傳好信息的婦女成了大群。
12 फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्‍त्रीहरूले लुटको माल बाँड्छन्
統兵的君王逃跑了,逃跑了; 在家等候的婦女分受所奪的。
13 चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्‍यौ?
你們安臥在羊圈的時候, 好像鴿子的翅膀鍍白銀,翎毛鍍黃金一般。
14 सर्वशक्तिमान्‌ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्‍यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो ।
全能者在境內趕散列王的時候, 勢如飄雪在撒們。
15 बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।
巴珊山是上帝的山; 巴珊山是多峰多嶺的山。
16 हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ ।
你們多峰多嶺的山哪, 為何斜看上帝所願居住的山? 耶和華必住這山,直到永遠!
17 परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
上帝的車輦累萬盈千; 主在其中,好像在西奈聖山一樣。
18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
你已經升上高天,擄掠仇敵; 你在人間,就是在悖逆的人間,受了供獻, 叫耶和華上帝可以與他們同住。
19 परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्‍वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला
天天背負我們重擔的主, 就是拯救我們的上帝, 是應當稱頌的! (細拉)
20 हाम्रो परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्‍वर नै हुनुहुन्छ ।
上帝是為我們施行諸般救恩的上帝; 人能脫離死亡是在乎主耶和華。
21 तर परमेश्‍वरले आफ्‍नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्‍नेहरूका कपाल भएका खप्‍परमा हिर्काउनुहुनेछ ।
但上帝要打破他仇敵的頭, 就是那常犯罪之人的髮頂。
22 परमप्रभुले भन्‍नुभयो, “म आफ्‍ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु ।
主說:我要使眾民從巴珊而歸, 使他們從深海而回,
23 ताकि आफ्‍ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”
使你打碎仇敵,你的腳踹在血中, 使你狗的舌頭從其中得分。
24 हे परमेश्‍वर, पवित्र स्थानमा तपाईंको शोभा-यात्रा, मेरो राजा, मेरो परमेश्‍वरको शोभा-यात्रा तिनीहरूले देखेका छन् ।
上帝啊,你是我的上帝,我的王; 人已經看見你行走,進入聖所。
25 पहिले गायकहरू गए, त्यसपछि वद्यवादकहरू र बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए ।
歌唱的行在前,作樂的隨在後, 都在擊鼓的童女中間。
26 सभाहरूमा परमेश्‍वरको प्रशंसा गर । तिमीहरू जो इस्राएलको मूलका हौ, परमप्रभुको स्तुति गर ।
從以色列源頭而來的, 當在各會中稱頌主上帝!
27 त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन, त्‍यसपछि यहूदाका अगुवाहरू र तिनीहरूका दलहरू, जबूलुनका अगुवाहरू र नप्‍तालीका अगुवाहरू छन् ।
在那裏,有統管他們的小便雅憫, 有猶大的首領和他們的群眾, 有西布倫的首領, 有拿弗他利的首領。
28 हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्‍वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
以色列的能力是上帝所賜的; 上帝啊,求你堅固你為我們所成全的事!
29 यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।
因你耶路撒冷的殿, 列王必帶貢物獻給你。
30 नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
求你叱喝蘆葦中的野獸和群公牛, 並列邦中的牛犢。 把銀塊踹在腳下; 上帝已經趕散好爭戰的列邦。
31 मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ ।
埃及的公侯要出來朝見上帝; 古實人要急忙舉手 禱告。
32 हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको निम्‍ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।
世上的列國啊, 你們要向上帝歌唱; 願你們歌頌主!
33 आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
歌頌那自古駕行在諸天以上的主! 他發出聲音,是極大的聲音。
34 परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्‍वर्य छ र उहाँको बल आकाशमा छ ।
你們要將能力歸給上帝。 他的威榮在以色列之上; 他的能力是在穹蒼。
35 हे परमेश्‍वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।
上帝啊,你從聖所顯為可畏; 以色列的上帝是那將力量權能賜給他百姓的。 上帝是應當稱頌的!

< भजनसंग्रह 68 >