< भजनसंग्रह 67 >
1 परमेश्वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष् दिनुभएको होस्, अनि हामीमाथि आफ्नो मुहार चम्काउनुभएको होस् । सेला
Боже, буди нам милостив и благосиљај нас, обасјавај нас лицем својим.
2 ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्ति सबै जातिहरूमा प्रकट होस् ।
Да би се знао на земљи пут Твој, по свима народима спасење Твоје.
3 हे परमेश्वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
Да Те славе народи, Боже, да Те славе сви народи!
4 जातिहरू खुसी होऊन् र आनन्दले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ । सेला
Да се веселе и радују племена; јер судиш народима право, и племенима на земљи управљаш.
5 हे परमेश्वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
Да Те славе народи, Боже, да Те славе сви народи!
6 पृथ्वीले यसको फसल उत्पादन गरेको छ, र परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ ।
Земља даде плод свој. Да нас благосиља Бог, Бог наш!
7 परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।
Да нас благосиља Бог, и да Га се боје сви крајеви земаљски!