< भजनसंग्रह 66 >
1 हे सारा पृथ्वी, परमेश्वरको निम्ति आनन्दले कराओ ।
Til sangmesteren; en sang, en salme. Rop med fryd for Gud, all jorden!
2 उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
Syng ut hans navns ære, gi ham ære til hans pris!
3 परमेश्वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।
Si til Gud: Hvor forferdelige er dine gjerninger! For din store makts skyld skal dine fiender hykle for dig.
4 सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला
All jorden skal tilbede dig og lovsynge dig, de skal lovsynge ditt navn. (Sela)
5 आओ र परमेश्वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।
Kom og se Guds gjerninger! Han er forferdelig i gjerning mot menneskenes barn.
6 उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्दित भयौं ।
Han gjorde havet om til tørt land, gjennem strømmen gikk de til fots; der gledet vi oss i ham.
7 उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्च नपारून् । सेला
Han hersker med sitt velde evindelig, hans øine gir akt på hedningene; de gjenstridige må ikke ophøie sig. (Sela)
8 हे मानिसहरू हो, परमेश्वरलाई धन्यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।
I folkeslag, lov vår Gud og forkynn hans pris med høi røst,
9 उहाँले हामीलाई जीवितहरूका माझमा राख्नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुहुन्न ।
han som holdt vår sjel i live og ikke lot vår fot vakle!
10 हे परमेश्वर, तपाईंले हामीलाई जाँच्नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।
For du prøvde oss, Gud, du renset oss, likesom de renser sølv.
11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्नुभयो ।
Du førte oss inn i et garn, du la en trykkende byrde på våre lender.
12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।
Du lot mennesker fare frem over vårt hode; vi kom i ild og i vann. Men du førte oss ut til vederkvegelse.
13 म तपाईंको मन्दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्नो भाकल पुरा गर्नेछु,
Jeg vil gå inn i ditt hus med brennoffer, jeg vil gi dig det jeg har lovt,
14 जुन म संकष्टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले ।
det som gikk over mine leber, og som min munn talte i min nød.
15 म तपाईंलाई थुमाहरूको सुगन्धित बास्नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला
Jeg vil ofre dig brennoffere av fett kveg med duft av værer; jeg vil ofre okser tillikemed bukker. (Sela)
16 हे सबै परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
Kom, hør, alle I som frykter Gud; jeg vil fortelle hvad han har gjort mot min sjel.
17 मैले आफ्नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्यो ।
Til ham ropte jeg med min munn, og lovsang var under min tunge.
18 मैले आफ्नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्नुहुनेथिएन ।
Hadde jeg urett for øie i mitt hjerte, så vilde Herren ikke høre.
19 तर परमेश्वरले साँच्चै सुन्नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।
Men Gud har hørt, han har aktet på mitt bønnerop.
20 परमेश्वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्वस्ततालाई मबाट हटाउनुभएको छैन ।
Lovet være Gud, som ikke avviste min bønn og ikke tok sin miskunnhet fra mig!