< भजनसंग्रह 65 >
1 हे सियोनका परमेश्वर, हाम्रो प्रशंसाले तपाईंको आसा गर्छ । हाम्रा भाकलहरू तपाईंकहाँ पूरा हुनेछन् ।
Au maître chantre. Cantique de David. A toi confiance et louange, ô Dieu, en Sion! et qu'en ton honneur des vœux soient accomplis!
2 तपाईंले प्रार्थना सुन्नुहुन्छ । सबै मानिसहरू तपाईंकहाँ आउनेछन् ।
O toi, qui exauces la prière! toute chair s'adresse à toi.
3 अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
Les iniquités l'emportent sur moi, mais tu pardonneras nos péchés.
4 तपाईंले आफ्नो नजिक ल्याउन चुन्नुभएको मानिस धन्यको हो, ताकि त्यो तपाईंको आँगनहरूमा बस्न सक्छ । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्त हुनेछौं ।
Heureux celui que tu choisis, et admets à séjourner dans tes parvis! Nous voulons être nourris du bonheur de ta maison, de ton saint temple!
5 हे हाम्रो उद्धारको परमेश्वर, अचम्मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ । पृथ्वीको अन्तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आसा तपाईं नै हुनुहुन्छ ।
Tu fais des prodiges pour nous exaucer, en nous donnant la grâce, ô notre Dieu sauveur, en qui se confient toutes les extrémités lointaines de la terre et de la mer!
6 किनकि पडाडहरूलाई दृढ पार्ने तपाईं नै हुनुहुन्छ । तपाईं जसले बलको पेटी लगाउनुभएको छ ।
Celui qui par sa force affermit les montagnes, est ceint de puissance.
7 समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्त पार्ने तपाईं नै हुनुहुन्छ ।
Il met fin au tumulte de la mer, au tumulte de ses flots, et à la rumeur des peuples;
8 पृथ्वीका पल्लो छेउका भागहरूमा बस्नेहरू तपाईंका कामहरूका प्रमाणले भयभीय हुन्छन् । तपाईंले पूर्व र पश्चिमलाई आनन्दित बनाउनुहुन्छ ।
les habitants de l'horizon s'effraient à ses miracles, et tu remplis d'allégresse les lieux d'où surgissent l'aube et le crépuscule.
9 तपाईं पृथ्वीलाई सहायता गर्न आउनुहुन्छ । तपाईंले त्यसलाई भिजाउनुहुन्छ । तपाईंले त्यसलाई धेरै समपन्न तुल्याउनुहुन्छ । परमेश्वरका नदीमा पानी भरिएको छ । तपाईंले पृथ्वीलाई तयार गर्नुहुँदा तपाईंले मानवजातिलाई अन्न दिनुहुन्छ ।
Tu visites la terre et tu lui donnes l'abondance, tu l'enrichis de mille dons; les eaux remplissent le ruisseau de Dieu; tu prépares le blé des hommes, quand tu la prépares
10 तपाईंले यसका जोतेका खेतलाई प्रशस्त पानीले भिजाउनुहुन्छ । तपाईंले जोतेका खेतका ठल्ला फुटाउनुहुन्छ । झरीका पानीले तपाईंले ती नरम पार्नुहुन्छ । तिनका बिचका विरुवाहरूलाई तपाईंले आशिष् दिनुहुन्छ ।
en abreuvant ses sillons, en nivelant ses glèbes; tu l'amollis par des rosées, et tu bénis ses germes.
11 तपाईंले वर्षलाई आफ्नो भलाईको मुकुट लगाइदिनुहुन्छ र तपाईंका गाडाहरू प्रशस्तताले भरिएर पोखिन्छन् ।
Tu couronnes l'année que ta bonté nous donne, et sous tes pas coule la fécondité;
12 उजाडस्थानका खर्कहरूमा शीत झर्छ र डाँडाहरू आनन्दले ढाकिन्छन् ।
ils fertilisent les pacages du désert, et les collines prennent une ceinture riante;
13 खर्कहरू बगालहरूले ढाकिन्छन् । बेसीहरू अन्नले ढाकिन्छन् । तिनीहरू आनन्दले कराउँछन् र तिनीहरू गाउँछन् ।
les prairies se couvrent de brebis, et les blés revêtent les vallées: les cris de joie et les chants retentissent.