< भजनसंग्रह 64 >
1 हे परमेश्वर, मेरो सोर सुन्नुहोस् । मेरो गुनसोमा ध्यान दिनुहोस् । मेरा शत्रुहरूका डरबाट मेरो जीवन सुरक्षित राख्नुहोस् ।
To the Chief Musician. A Melody of David. Hear, O God, my voice when I complain, From dread peril by the foe, wilt thou guard my life.
2 खराबी गर्नेहरूको गुप्त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।
Wilt thou hide me, From the conclave of evil-doers, From the crowd of workers of iniquity.
3 तिनीहरूले तरवारहरूझैं आफ्ना जिब्राहरू धारिला बनाएका छन् । तीता शब्दहरूका काँडहरूले तिनीहरूले लक्षित गरेका छन् ।
Who have sharpened, like a sword, their tongue, Have made ready their arrow—a bitter word;
4 ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्त ठाउँबाट हान्न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।
To shoot, in secret places, at the blameless one, Suddenly they shoot at him, and fear not.
5 तिनीहरूले आफैलाई दुष्ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्नेछ र?”
They strengthen for them a wicked word, They talk of hiding snares, They have said, Who can see them?
6 तिनीहरू पापपूर्ण योजनाहरू बनाउँछन् । तिनीहरू भन्छन्, “हामीले एउटा होसियार योजना पूरा गरेका छौं ।” मानिसका भित्री विचारहरू र हृदयहरू गहन हुन्छन् ।
They devise perverse things, They have completed the device well devised, Both the intent of each one, and the mind, are unsearchable.
7 तर परमेश्वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।
Once let God have shot at them an arrow, Suddenly have appeared their own wounds!
8 तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्ने सबै जनाले आफ्ना मुन्टो हल्लाउनेछन् ।
When they were to have ruined another, their tongue smote themselves, All who observe them take flight.
9 सबै मानिसहरूले भय मान्नेछन् र परमेश्वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।
Therefore have all men feared, —And have told the doing of God, And, his work, have considered.
10 धर्मी परमप्रभुको बारेमा खुसी हुनेछ र उहाँमा शरण लिनेछ । हृदयमा सोझा हुने सबै जनाले उहाँमा गर्व गर्नेछन् ।
The righteous man shall rejoice in Yahweh, and seek refuge in him, Then shall glory—all who are upright in heart.