< भजनसंग्रह 63 >
1 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ ।
“A psalm of David, when he was in the wilderness of Judah.” O God, thou art my God; early will I seek thee: my soul thirsteth for thee, my flesh longeth for thee in a dry land, and it is faint without water.
2 त्यसैले तपाईंको शक्ति र महिमा देख्नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।
As I have beheld thee in the sanctuary, seeing thy strength and thy glory;
3 किनभने तपाईंको करारको विश्वस्तता जीवनभन्दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ ।
Because thy kindness is better than life, my lips shall praise thee:
4 त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्यको भन्नेछु । तपाईंकै नाउँमा म आफ्ना हातहरू उचाल्नेछु ।
Thus will I bless thee while I live; in thy name will I lift up my hands.
5 हाडको गुदी र चिल्लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।
As with fat and marrow will my soul be satisfied; and with tuneful lips shall my mouth praise thee.
6 जब आफ्नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्यान गर्छु ।
When I remember thee upon my couch, I meditate on thee in the night-watches.
7 किनकि तपाईं मेरो सहायता हुनुभएको छ र म तपाईंको पखेटाहरूको छायामा आनन्दित हुनेछु ।
Because thou hast been a help unto me; and in the shadow of thy wings will I sing rejoicingly.
8 तपाईंसँग म टाँसिन्छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।
My soul cleaveth unto following thee: me thy right hand upholdeth.
9 तर मलाई नष्ट गर्न खोज्नेहरू पृथ्वीको सबैभन्दा तल्लो भागहरूमा जानेछन्,
But those that seek my soul, to destroy it, shall go down into the lowest deeps of the earth.
10 तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् ।
They shall be delivered up to the power of the sword: they shall become a prey for jackals.
11 तर राजाचाहिं परमेश्वरमा आनन्दित हुनेछन् । उहाँद्वारा शपथ खाने हरेकले उहाँमा गौरव गर्नेछन्, तर झुट बोल्नेहरूका मुख बन्द गरिनेछ ।
But the king shall rejoice in God: every one that sweareth by him shall glorify himself; for the mouth of those that speak falsehood shall be stopped.