< भजनसंग्रह 61 >
1 हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
Til sangmesteren, på strengelek; av David. Hør, Gud, mitt klagerop, merk på min bønn!
2 मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्च चट्टानतिर मलाई लानुहोस् ।
Fra jordens ende roper jeg til dig, mens mitt hjerte vansmekter; før mig på en klippe, som ellers blir mig for høi!
3 किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्ने बलियो धरहरा हुनुभएको छ ।
For du har vært min tilflukt, et sterkt tårn imot fienden.
4 मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला
La mig bo i ditt telt i all evighet, la mig finne ly i dine vingers skjul! (Sela)
5 किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।
For du, Gud, har hørt på mine løfter, du har gitt mig arv med dem som frykter ditt navn.
6 तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
Du vil legge dager til kongens dager, hans år skal være som slekt efter slekt,
7 तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।
han skal trone evindelig for Guds åsyn; sett miskunnhet og trofasthet til å bevare ham!
8 तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्नो भाकल पुरा गर्न सकौं।
Så vil jeg lovsynge ditt navn til evig tid, forat jeg kan innfri mine løfter dag efter dag.