< भजनसंग्रह 60 >

1 हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्‍नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।
Боже, расрдио си се на нас, расуо си нас, гневио си се; поврати нас.
2 तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ ।
Затресао си земљу, и развалио си је; стегни раселине њене, јер се њиха.
3 तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ ।
Дао си народу свом да позна љуту невољу, напојио си нас вина од ког се занесосмо.
4 धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला
Подигни заставу за оне који Те се боје, да утеку од лука,
5 ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
Да се избаве мили Твоји. Помози десницом својом и услиши ме.
6 परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।
Бог рече у светињи својој: Веселићу се, разделићу Сихем, и долину Сокот размерићу.
7 गिलाद मेरो हो, मनश्‍शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।
Мој је Галад, мој је Манасија, Јефрем је крепост главе моје, Јуда скиптар мој,
8 मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”
Моав чаша моја, из које се умивам, на Едома пружићу обућу своју. Певај ми, филистејска земљо!
9 कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?
Ко ће ме одвести у тврди град? Ко ће ме отпратити до Едома?
10 तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न ।
Зар нећеш Ти, Боже, који си нас одбацио, и не идеш, Боже, с војском нашом?
11 शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ ।
Дај нам помоћ у тескоби. А обрана је човечија узалуд.
12 परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।
Богом смо јаки: Он гази непријатеље наше.

< भजनसंग्रह 60 >