< भजनसंग्रह 6 >

1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
Oh Yavé, no me reprendas en tu furor. Ni me disciplines en tu ardiente ira.
2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
Ten compasión de mí, oh Yavé, porque desfallezco. Sáname, oh Yavé, porque mis huesos están conturbados,
3 मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?
Y también mi alma en gran manera. Y Tú, oh Yavé… ¿hasta cuándo?
4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।
Vuélvete, Yavé, rescata mi alma. Sálvame por tu misericordia.
5 किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ? (Sheol h7585)
Porque en la muerte no habrá memoria de Ti. En el Seol, ¿quién te dará gracias? (Sheol h7585)
6 मेरो सुस्‍केराले म थकित छु । सारा रात आँशुले म आफ्‍नो ओछ्यान भिजाउँछु । म आफ्‍नो पलङ्ग मेरो आँशुले धुन्छु ।
Estoy agotado de tanto gemir. Todas las noches inundo de lágrimas mi almohada. Con mis lágrimas empapo mi cama.
7 मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
Mis ojos están nublados de tanto sufrir. Han envejecido a causa de todos mis adversarios.
8 ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्‍नुभएको छ ।
Apártense de mí todos los que hacen iniquidad, Porque Yavé oyó la voz de mi llanto.
9 दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्‍नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
Yavé escuchó mi súplica. Yavé recibió mi oración:
10 मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्‍टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।
Sean todos mis enemigos avergonzados y muy conturbados, Que sean vueltos atrás, Que sean de repente avergonzados.

< भजनसंग्रह 6 >