< भजनसंग्रह 6 >
1 हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
O YHWH, rebuke me not in thine anger, neither chasten me in thy hot displeasure.
2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
Have mercy upon me, O YHWH; for I am weak: O YHWH, heal me; for my bones are vexed.
3 मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्तर रहन्छ?
My soul is also sore vexed: but thou, O YHWH, how long?
4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्वस्तताको कारणले मलाई बचाउनुहोस् ।
Return, O YHWH, deliver my soul: oh save me for thy mercies' sake.
5 किनकि मृत्युमा तपाईंको कुनै सम्झना हुँदैन । चिहानमा तपाईंलाई कसले धन्यवाद दिनेछ? (Sheol )
For in death there is no remembrance of thee: in the grave who shall give thee thanks? (Sheol )
6 मेरो सुस्केराले म थकित छु । सारा रात आँशुले म आफ्नो ओछ्यान भिजाउँछु । म आफ्नो पलङ्ग मेरो आँशुले धुन्छु ।
I am weary with my groaning; all the night make I my bed to swim; I water my couch with my tears.
7 मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
Mine eye is consumed because of grief; it waxeth old because of all mine enemies.
8 ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्नुभएको छ ।
Depart from me, all ye workers of iniquity; for YHWH hath heard the voice of my weeping.
9 दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
YHWH hath heard my supplication; YHWH will receive my prayer.
10 मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।
Let all mine enemies be ashamed and sore vexed: let them return and be ashamed suddenly.