< भजनसंग्रह 59 >
1 हे मेरा परमेश्वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्चमा राख्नुहोस् ।
(Til sangmesteren. Al-tasjhet. Af David. En miktam, da Saul sendte folk, som skulle vogte huset for at dræbe ham.) Fri mig fra mine Fjender, min Gud, bjærg mig fra dem, der rejser sig mod mig;
2 अधर्म गर्नेहरूबाट मलाई सुरक्षित राख्नुहोस् र रक्तपिपासु मानिसहरूबाट मलाई बचाउनुहोस् ।
fri mig fra Udådsmænd, frels mig fra blodstænkte Mænd!
3 हेर्नुहोस्, तिनीहरूले मेरो ज्यान लिन ढुकेर बस्छन् । शक्तिशाली मानिसहरू मेरो विरुद्ध एकसाथ भेला हुन्छन्, तर हे परमप्रभु, मेरो पाप वा अपराधको कारणले होइन ।
Thi se, de lurer efter min Sjæl, stærke Mænd stimler sammen imod mig, uden at jeg har Skyld eller Brøde.
4 म दोषरहित भए तापनि तिनीहरू मतिर झम्टन तयार छन् । जाग्नुहोस् र मलाई सहायता गर्नुहोस् र हेर्नुहोस् ।
Uden at jeg har forbrudt mig, HERRE, stormer de frem og stiller sig op. Vågn op og kom mig i Møde, se til!
5 हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर, तपाई जाग्नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
Du er jo HERREN, Hærskarers Gud, Israels Gud. Vågn op og hjemsøg alle Folkene, skån ej een af de troløse Niddinger! (Sela)
6 तिनीहरू साँझमा फर्कन्छन्, तिनीहरू कुकुरहरूझैं कराउँछन् र सहरका वरिपरि जान्छन् ।
Ved Aften kommer de tilbage, hyler som Hunde og stryger gennem Byen!
7 हेर्नुहोस्, तिनीहरूका मुखले नराम्रा कुरा बोल्छन् । तिनीहरूका ओठहरूमा तरवारहरू छन्, किनकि तिनीहरू भन्छन्, “हाम्रा कुरा कसले सुन्छ?”
Se, deres Mund løber over, på deres Læber er Sværd, thi: "Hvem skulde høre det?"
8 तर हे परमप्रभु, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ । तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ ।
Men du, o HERRE, du ler ad dem, du spotter alle Folk,
9 हे परमेश्वर, मेरो बल, म तपाईंमा नै ध्यान दिनेछु । तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ ।
dig vil jeg lovsynge, du, min Styrke, thi Gud er mit Værn;
10 मेरो परमेश्वरले मलाई उहाँको करारको विश्वस्ततासहित भेट्नुहुनेछ । परमेश्वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्न मलाई दिनुहुनेछ ।
med Nåde kommer min Gud mig i Møde, Gud lader mig se mine Fjender med Fryd!
11 तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
Slå dem ikke ihjel, at ikke mit Folk skal glemme, gør dem hjemløse med din Vælde og styrt dem,
12 तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्त गरेका सराप र झूटको निम्ति ।
giv dem hen, o Herre, i Mundens Synd, i Læbernes Ord, og lad dem hildes i deres Hovmod for de Eder og Løgne, de siger;
13 तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
udryd dem i Vrede, gør Ende på dem, så man kan kende til Jordens Ender, at Gud er Hersker i Jakob! (Sela)
14 तिनीहरू कुकुरझैं कराउँदै सहरभरि गएर साँझमा फर्कन्छन् ।
Ved Aften kommer de tilbage, hyler som Hunde og stryger gennem Byen,
15 तिनीहरू खाने कुरा खोज्दै घुम्छन् र तिनीहरू तृप्त भएनन् भने तिनीहरू कुकुरजस्तै कराउँछन् ।
vanker rundt efter Føde og knurrer, når de ikke mættes.
16 तर म तपाईंको सामर्थ्यको स्तुति गाउनेछु र बिहान म तपाईंको अटल प्रेमको स्तुति गाउनेछु । किनकि मेरो संकष्टको समय तपाईं मेरो उच्च धरहरा र शरणस्थान हुनुभएको छ ।
Men jeg, jeg vil synge om din Styrke, juble hver Morgen over din Nåde; thi du blev mig et Værn, en Tilflugt på Nødens Dag.
17 हे मेरो सामर्थ्य, म तपाईंको स्तुति गाउनेछु । किनकि परमेश्वरचाहिं मेरो उच्च धरहरा, करारको विश्वस्तताको परमेश्वर हुनुहुन्छ ।
Dig vil jeg lovsynge, du, min Styrke, thi Gud er mit Værn, min nådige Gud.